Thursday 10th September 2026

प्रवासीहरुका लागि चालक अनुमती पत्र डिजिटल मात्र


कुवेत, आन्तरिक मन्त्रालयले डिसेम्बर १०, २०२३ देखि विदेशीहरूको लागि भौतिक ड्राइभर इजाजतपत्र जारी गर्न बन्द गर्ने घोषणा गरेको छ । उनीहरुले ड्राईभिंग गर्दा आफ्नै देशको लाईसेन्स बोक्न पर्ने छ । तिनलाई कुवेतले आधिकारीक अनुमती दिए नदिएको भने मोवाईल आईडीको एपमा उल्लेख हुनेछ । प्राप्त सूचना अनुसार उनीहरुलाई कुवेतमा अनुमती भएको अवस्थामा हरियो रङले इजाजतपत्र मान्य छ भनेर बुझाउँछ भने रातो रङले अमान्य छ भनेर बुझाउँछ।

मोवाईल एप्स मार्फत प्राप्त लाईसेन्सको अवधी १ वर्षको हुनेछ र उनीहरुले सहेल एप वा मन्त्रालयको वेबसाइट मार्फत नवीकरण गर्न सक्नेछन । भिषा २० भएका पारिवारिक चालकहरू र अन्तर्राष्ट्रिय कार्गो ट्रक चालकहरूलाई कुनै भौतिक इजाजतपत्र शर्तबाट छुट दिइएको छ, मन्त्रालयले भन्यो।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...