Saturday 28th June 2025

भुकम्प पीडितका लागि कुवेतमा संकलित सहयोग रकम हस्तान्तरण गरिदै


तितोपाटी – गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा कुवेतबाट भुकम्प पीडितका लागि विभिन्न संघ – सस्था, व्यवसायी र व्यक्तिबाट संकलित ११ लाख ८४हजार २ सय २० रुपैयाँ सहयोग गरिने भएको छ ।

जाजरकोटको रामेडाडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते शुक्रवारको मध्यराती गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै एनसीसी कुवेतको नेतृत्वमा कुवेतको नेपाली समाजमा सकृय विभिन्न संघ – सस्था, व्यवसायी र व्यक्तिबाट संकलन गरिएको ११ लाख ८४ हजार २ सय २० रुपैयाँ अध्यक्ष रनध्वज लामाको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर हस्तान्तरण गरिने एनसीसी कुवेतले जनाएको छ ।

एनसीसी कुवेतको तर्फबाट भुकम्प पीडितका लागि ३ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ भने एनसीसी कुवेतको अभियानमा एक्यवद्धता जनाउदै गैर आवासिय नेपाली संघ कुवेतले ३,०१००० नेपाली रुपैया र ब्याक्ति बिशेष संघ सस्थाबाट संकलित जम्मा २०५४ केडी अर्थात नेपाली रुपैया ८,८३८२० संकलन भएको छ । कुवेतबाट एनसीसीले जम्मा ११,८४२२० नेपाली रुपैया सहित अध्यक्ष रनध्वज लामा उपाध्यक्ष बिकास सिङ ठकुरी नेपाल गएका छ्न। अध्यक्ष लामाको नेतृत्वमा कुवेतका प्रतिनिधिहरुले सम्बन्धित जिल्लामा पुगी उक्त राहत रकम भुकम्प पिडितलाई हस्तान्तरण गर्ने बुझिएको छ।
कुवेतमा एनआरएनए कुवेतले शुरु गरेको अभियान साथ दिदै ब्याक्ति विशेष र संघ सस्थाले गरेको सहयोगको विवरण यस प्रकार रहेकोछ।


गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद कुवेत-३,०१०० नेपाली रुपैया
बैदेशिक सरोकार समाज – ५०१ केडी
नेपाल तामाङ घेदुङ- १०१ केडी
सुदुर पस्चिमेली समाज -५१ केडी
चितवन सेवा समाज -५१ केडी
जन सम्पर्क समिती – ५१ केडी
दर्सन ठकुरी समाज – ५१ केडी
सरोकार समाज कुवैत -५१ केडी
निरेम ग्रुप -३१ केडी
नेपाल कुवेत सास्कृतिक मन्च – ५१ केडी
३ किराँती सस्था संयुक्त- ७५ केडी
युना लामा- ५८ केडी
लुम्बिनी समाज नेपाल कुवेत- ५१ केडी
डाम्पा रेस्टुरेन्ट -५१ केडी
आदिवासी जनजाती महासंघ -५१ केडी
बिश्वकर्मा एकता समाज-५१ केडी
तमु समाज कुवेत:- ६१ केडी
प्रबासी नेपाली मन्च – ५५ केडी
सिन्धुपाल्चोक सेवा समाज- ३१ केडी
कल्याणकारी युबा समाज कुवैत – ५१ केडी
कोसेली ग्रुप कुवेत-५१ केडी
धनकुटा सेवा समाज-२१ केडी
नुवाकोट धादिङ रसुवा समाज- ५५ केडी
म्याग्दि प्रबासी नेपाली संघ (मोना)- ३१ केडी
जन जागृती युवा समाज कुवेत ५१ केडी
प्रबासी नेपाली एकता मन्च- २५ केडी
विश्व इन्टरनेसनल फाइभ सेन्स फ्यामेली रेस्टुरेन्ट-५५ केडी चौतारी रेस्टुरेन्ट ग्रुप-३१ केडी
हिमालायन हाउस रेस्टुरेन्ट-३१ केडी
माया थापा मगर-१० केडी
झापाली समाज कुवेत-३१ केडी
गोर्खा किचन रेस्टुरेन्ट -५१ केडी
नमस्ते सुनचादी पसल -३१ केडी
धनराज लामा तामाङ -२५ केडी

यसै गरि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय ईराकले पनि ५ लाख नेपाली रुपैयाँ सहयोग गर्दै एनसीसी कुवेतको नेतृत्वमा राहत हस्तान्तरण अभियानमा हातेमालो गरेको  बुझिएकोछ।


सम्बन्धित शीर्षकहरु

इङ्गल्याण्ड हालै NHS मार्फत क्यान्सर बिरामीहरूको लागि इम्युनोथेरापी उपचारको नयाँ, छिटो रूप प्रदान गर्ने युरोपको पहिलो देश बनेको छ। यस…

कुवेतभरिका लुलु हाइपरमार्केटहरूले जुन २५ देखि जुलाई ८, २०२५ सम्म चल्ने आफ्नो बहुप्रतिक्षित टेक फेस्टिवल, लेट्स कनेक्ट आधिकारिक रूपमा सुरु…

मध्यपूर्वको अग्रणी खुद्रा विक्रेता, LuLu Retail Holdings PLC लाई EMEA Finance पत्रिकाद्वारा प्रतिष्ठित “Best IPO in the Middle East” अवार्डबाट…

प्रतिकृयाहरू
...