Tuesday 5th December 2023

पूर्व बेलायती प्रधानमन्त्री विदेश सचिव भएर काम गर्न सहमत


काम गर्नका लागि एक पटक ठुलो पदमा बसेको मानिस पुन सानो पदमा जान हुन्न भन्ने हाम्रो देशका नपुंसक नेताहरुको अहमतालाई बेलायतका पूर्व प्रधानमन्त्री डेभिट क्यामरुन ले दहो झापड दिएका छन । बर्तमान बेलायती प्रधानमन्त्री ऋषी सनक को प्रस्ताव मा पूर्व प्रम डेभिड क्यामरुन विदेश सचिव भएर सुनक सँग काम गर्नेछन ।

बेलायती मतदाताले ईयूबाट बाहिरिने ऐतिहासिक निर्णय गरेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले भने कि जनताले उनको तर्कलाई अस्वीकार गरेपछि र ५१ दशमलब ९ प्रतिशतले बाहिरिने छनौट गरेपछि देशलाई नयाँ नेतृत्व चाहिन्छ भन्दै नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

५७ वर्षीय अब ऋषि सुनकको नयाँ विदेश सचिव बनेका छन्, जसले जेम्स क्लिभरलीबाट भूमिका लिएका छन्, जसले सुएला ब्रेभरम्यानलाई गृह सचिवको रूपमा बदलेका छन्। उनले ईजारायल विरोधी रयाली र दंगाहरुमा नरम निती अपनाएको भन्दै सुनक ले उनको बर्खास्ती गरेका थिए ।

पूर्व प्रधानमन्त्री क्यामरुन ले भने कि केही व्यक्तिगत निर्णयहरु संग असहमत को बावजुद ऋषि सुनक को प्रस्ताव को खुशी साथ स्वीकार छ उनले भनेका छन ।


सम्बन्धित शीर्षकहरु

भारतको भाजपाले राष्ट्रिय चुनाव अघि चार मध्ये तीन राज्यको चुनाव जितेको छ, हिन्दू राष्ट्रवादी पार्टीले छत्तीसगढ र राजस्थानमा कांग्रेसबाट नियन्त्रण…

नारायण कोइराला - साहित्यकार पुष्कर अथक रेग्मी कविरत्न माधव प्रसाद देवकोटा साहित्य पुरस्कारद्वारा सम्मानित भएका छन् । नवजागृति पुस्तकालय बुटवलद्वारा…

सुन्दा नै अचम्म लाग्ने घटना युगाण्डामा भएको छ । एउटा होईन दुई वटा बच्चा त्यो पनि ७० बर्षको उमेरमा जन्मिनु…

प्रतिकृयाहरू
...