Sunday 20th September 2026

जाजरकोट भूकम्पमा १‍‍८ जनाको मृत्यु


पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परि १‍‍८ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईले यसबारे पुष्टि गरेका छन्। उनका अनुसार हालसम्म रुकुममा ११ जना र जाजरकोटमा ७ जनाको मृत्यु भएको छा।

भूकम्पको थप मानवीय र भौतिक क्षतिको विवरणहरू आउने क्रम जारी छ। पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रबिन्दु रहेर केही समययता लगातार भूकम्प गइरहेका छन्।

शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

प्रतिकृयाहरू
...