तोयानाथ दाहाल उपेक्षित, कुवेत ९ अक्टोवर, गत सनिवारको एका विहानै हमासले अचम्मको आकमण गरे पछि विश्व दुई धु्रबमा विभक्त भईरहेको छ भने केही ठुला देशहरु मौनता पूर्वक शान्तिको कामना गर्दैछन ।
जम्मा २३ लाख जनसंख्या भएको गाँजा ईजरायलको खोकिलोमा छ । उसको भूमि ईजरायल ले हडपेको भन्दै दुवै देशका विचमा युद्ध भएको एक शताब्दि हुन लाग्दा पनि त्यहाँ शान्ति छाउने छनक देखिन्दैन । बरु प्यालेस्टाइनहरु शक्ति राष्ट्रहरुका खेलौना भएका छन । उनीहरु को पिडामा अन्य देशहरुले दिएको साहानुभूतीको एड समेत युद्धमा प्रयोग हुदा स्थिती झन विकराल बनेको छ । प्यालेस्टाईनी जनताको जीवन धान्ने आधार भनेको नै विदेशी साहयता हो । उनीहरु ८० प्रतिशत आवश्यकता यहि साहायताको माध्यामद्धारा पुरा गर्दछन ।
सनिवार ईजरायलमाथि भएको हमास को आक्रमणबाट भने विश्वको समिकरणमा समेत क्षति पुग्ने देखिएको छ । अमेरिकाले खुलेर ईजरायलको पक्ष लिदा ईरान, सिरिया, लिविया र खाडी राष्ट्रहरु प्यालेस्टाईको पक्षमा उभिएका छन । खाडी राष्ट्र अमेरिकाका मित्र शक्ति हुन । चीन र रुस ले शान्ति को कामना गरेका छन । उनीहरुको पक्षधरता खुलेको छैन । ईयु का विदेशमन्त्रीहरुको बैठक मंगलबार हुदैछ तर ईयु ले ईजरायलको पक्षमा बयान जारी गर्ने संभावना धेरै छ । किनकी जर्मन र अष्ट्रेलियाले सनिवारको हमासको आक्रमणको निन्दा गर्दै उसलाई दिन लागिएको एड रोक्का गर्ने घोषणा गरिसकेका छन ।
हमासले ईजरायल माथि एकै दिनमा ३५ सय मिसायल आक्रमण गरेको थियो र आकाशबाट प्याराग्लाईडिंग को सहारामा ईजरायली भूमि प्रवेश गरेको थियो भने समुन्द्रबाट समेत लडाकुहरु ईजरायल छिरेका थिए । उक्त हमला सनिवार एकाविहानै शुरु हुदा इजरायलीहरु मस्त निन्द्रामा थिए । उनीहरुले उक्त हमला मा कसैलाई बाकी राखेका थिएनन । यसक्रममा एक साँस्कृतिक कार्यक्रममा भाग लिईरहेको स्थानमा अन्धाधुन्द गोली चलाउदा २६३ जना त्यही मारिएका थिए । कयौलाई कव्जामा लिए । यसरी नै मिसायल आक्रमण र आर्मी पुलिसका व्यारेकहरु कव्जा मा परेका थिए । अचानक भएको आक्रमणको प्रतिरोध गर्न नपाउदै ईजरायलको ठुलो क्षति भईसकेको थियो । समाचार अनुसार अहिले पनि आर्मी अफिसर र सर्वसाधरण, महिला तथा केटाकेटीहरु १०० भन्दा धेरै हमासको कव्जामा छन भने अन्य ३० जना जिहादी समुहको कव्जामा छन । यसक्रममा ईजरायलका ८ सय भन्दा धेरैले ज्यान गुमाएका छन ।
ईजरायलका विपक्षि दलका नेताले ईजरायलमा यति ठुलो क्षति पृथ्वीको प्रलय पछाडी कहिल्यै नभएको प्रतिक्रिया दिएका छन । पुरै ईजरायल शोक र आक्रोशमा छ । उसले प्रतिशोध को लडाई पनि शुरु गरेको छ । दोश्रो दिनबाट उसले हवाई आक्रमण गर्दा अहिले सम्म ५५० जना प्यालेस्टाईनहरुको ज्यान गईसकेको छ । ईजरायल ले गाजापट्टीलाई बन्जरमा परिणत गरिदिने भन्दै नियमित रुपमा हमासका ठेगाना, समर्थक र मस्जिदहरुलाई ध्वस्त पार्ने क्रम रोकिएको छैन । त्यहाँका रक्षा मन्त्री ले पुरै ईजरायल मा आफ्नो नियन्त्रण कायम गरिसकेको जनाएका छन भने उता डिफेन्स मिनिस्टरले गाजापट्टीमा विजुली, पानी र खाध्यान्न को आपुर्ति लाई ठप्प पार्ने आदेश दिएका छन । यति बेला गाजा क्षेत्रलाई ईजरायल ले घेराबन्दि गरीसकेको जनाएको छ । त्यहाँबाट १,२३,००० मानिसहरु भागेर विभिन्न विद्यालयहरुमा शरण लिन पुगेका छन ।
यसैबीच दोश्रो दिन दुवै पक्षबीच ठाउँ ठाउँमा दोहरो भिडन्तहरु भएका थिए भने लेबनानको भूमिबाट हजबुल्ला ले ईजरायल माथि मिसायल आक्रमण गरेको थियो । तर लेबनानका प्रधानमन्त्रीले भने ईजरायल सँग उसको सरकारले युद्ध नचाहेको प्रतिक्रिया दिएका छन । हजबुल्ला लेबनान वेश भएको ईरान समर्थित आतन्कबादी समुह हो । ईरान ले हमास, हजबुल्ला लगायत जिहादी समुहलाई फण्डिंग गर्ने गर्दछ । तर गत सनिवारको आक्रमणमा उसको प्रत्यक्ष संलघनताको प्रमाण नभेटिएको अमेरिकाले जनाएको छ भने ईरानले पनि आफ्नो संलघनता नभएको जनाएको छ । यसै बीच ईजिप्टमा रहेका दुई ईजरायली पर्यटकहरुलाई त्यहाँको प्रहरी ले गोली हानी मारेको समाचार छ ।
तेश्रो दिनको सँघर्ष पछि ईजरायल केही सहज अवस्थामा पुगेको छ । तैपनि आज तेश्रो दिनमा उसले १२० वटा मिसायल को सामना गरेको थियो । प्यालेस्टाईनी प्रशासन ले ईजरायलको समुल नष्ट गर्ने उदघोषका साथ लडेको यस लडाई मा ईजरायल नष्ट भएन भने उसले भने हमासको समुल नष्ट गर्ने देखिन्छ । थप पचास बर्ष ईजरायल लाई हमास बाट सुरक्षित राख्ने उसको यसपटकको प्रत्याक्रमणको मुख्य अभियान भएको बताएको छ । गाँजा क्षेत्रलाई अहिले उसले समुल रुपमा कव्जा गर्ने उदघोष समेत गरेको छ । सारा गाजापट्टी मा अब ईजरायल ले आफ्नो शासन चलाउने तयारी मा हमलाहरु तिब्र पार्दै जाने देखिन्छ । यसपटक ईजरायल कसैले भनेर रोकिने देखिन्दैन ।
यतिबेला गाजापटटीमा मात्र १ लाख ईजरायली सैनिक उर्तानु ले पनि यहि कुरा देखाउछ । यसरी नै संसारभरी रहेका आफ्ना नागरिकहरुलाई मात्रीभूमीको रक्षाको लागि उसले स्वदेश फिर्ता आउन भनेको छ र विभिन्न देशमा रहेका ईजरायलीहरु को स्वदेश फिर्ने क्रम शुरु भएको छ । ईजरायल र प्यालेस्टाईनी बीचको द्धण्दका कारण अमेरिकी शेयर मार्केट तल झरेको छ भने विश्व बजारमा सुन र तेलको भाउ बढेको छ ।
यसविच एउटा यस्तो बयान ईराक बाट आएको छ जसले दुनियामा खलबली मच्चाई दिएको छ । मुश्लिम बाहुल्य देशबाट मिस ईराक विजेता तथा प्रजातान्त्रिक कांग्रेस की सांसदकी उमेद्धार सराई ईदान ले दोश्रो पटक सार्वजनिक रुपमा हमासको विरोध गरेकी छन ।
कुन देशका कति मानिस मारिए ?
अहिले सम्म प्राप्त विवरण अनुसार ईजरायलमा ८ सय जनाले ज्यान गुमाएका छन भने त्यसक्रममा विभिन्न देशका नागरिक पनि मारिएका छन । अन्धाधुन्द गरिएको हमालाका कारण घुम्न जाने पर्यटक, पढन जाने विधार्थी, कामदार, साँस्कृतिक कार्यक्रम हेर्न जानेहरु पनि मारिएका छन ।
१। थाई नागरिक १२ जना मारिएका छन , ११ जना बन्दक र ३ जना घाईते भएका छन ।
२ दश जना नेपाली मारिएका छन । उनीहरु विधार्थी हुन र थप ३ जना घाईते छन ।
३ दश जना व्रिटेनी नागरिक मारिएका छन ।
४ नौ जना अमेरिकन नागरिक मारिएका छन ।
५ दुई जना युक्रेनी नागरिक मारिएका छन ।
६ एक जना फ्रान्सेली मारिएका छन ।
यसरी नै नौ जना ल्याटिन अमेरिकनहरु बेपत्ता भएका छन ।