Thursday 10th September 2026

बलात्कार र हत्यामा संलघन १६ बर्षका किशोर लाई जेल सजाय


फिलिपिनी कामदारको बलात्कार र हत्या गरेको आरोपमा १६ वर्षीय कुवेती किशोरलाई जेल सजाय गरिएको समाचार प्रकाशमा आएको छ तर ती किशोर लाई कति बर्ष को जेल सजाय दिईयो भन्ने उल्लेख गरिएको छैन ।

फिलिपिन्स कामदार जुलेबी रनारा लाई बलात्कार गरी हत्या गरेको अभियोगमा एक १६ वर्षीय कुवेती किशोरलाई फौजदारी अदालतले कैद सजाय सुनाएको घटना बर अल(सलमीमा भएको थियो, जहाँ पीडितलाई गर्भवती भएपछि अपराधीले प्रलोभनमा पारेर धेरै टाढा लगेर मारेको थियो ।

आन्तरिक मन्त्रालयले जनवरी २१ मा बार अल(सलमी रोडमा एक अज्ञात, महिलाको जलेको शव फेला परे पछि शुरु भएको अनुसन्धान ले अन्तत ती युवक पक्राउ परेका थिए । परीक्षण र प्रमाण सङ्कलनपछि पीडित महिला ३० वर्षकी महिला भएको पुष्टि भएको थियो । थप अनुसन्धानले पत्ता लगायो कि पीडित फिलिपिनो नागरिक थिईन । सम्बन्धित घर धनिले प्रहरीमा उनी हराएको रिपोर्ट गरिएको थियो। एक फोरेन्सिक परीक्षणले पुष्टि गर्यो कि उनी गर्भवती थिइन र बलात्कार, हिंसा र अन्ततः हत्याको शिकार भईन ।

पीडित महिलाको अवैध गर्भमा रहेको मा उसले आफ्नो संलग्नता लुकाउन अपराध गरेको स्वीकार गरेका थियो ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...