Thursday 23rd July 2026

मोना कुवेतको तिज विशेष शुमकामना आदानप्रदान तथा पत्रकार सम्मान कार्यक्रम सम्पन्न्न


म्याग्दी प्रवासी नेपाली संघ(मोना) कुबेतद्वारा आयोजित नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर शुभकामना आदन प्रदान साँस्कृतिक कार्यक्रम साथै पत्रकार सम्मान कार्यक्रम कुबेतको मङाफस्थित मेमोराईज हलमा हिजो १५ सेप्टेम्बर २०२३ शुक्र्बार दिन सम्पन्न भएको छ।

समाजका अध्यक्ष दिपक छन्त्यालको सभापतित्व र प्रमुख संरक्षक मान बहादुर फगामीको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रम लाई संचालन संस्थाका महासचिव बिमल पुनले गरेका थिए भने अतिथिहरुलाई स्व्वगत मन्तब्यद्वारा स्वागत संस्थाका उपाध्यक्ष तेजिन श्रेष्ठ गरेका थिए।

राष्ट्रियगानको गुन्जनकासाथ सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि, बिशेष अतिथिहरु लगायतको सामुहिक उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो। महिलाहरुको लागि लक्षित गरेर तिज बिशेष कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा कलाकारहरुले गित तथा नृत्यको धमाकेदार प्रस्तुति दिदै अत्यन्तै मनोरन्जानात्मक माहोल बनेको थियो भने बीच बीचमा तिजको गीतमा दिदीबहिनी र दाजुभाइहरुले सामुहिकरुपमा छमछमी नाच्दै रमाइलो गरेका थिए। भने उपस्थित दिदीबहिनीहरुलाई दर तथा भोजको पनि ब्यबस्था गरेको थियो।

संस्थाले कुबेतमा नयाँ चोखो र पुजाआजा मन्दिरमा परम्परा अनुसार सबैतिर चल्ने पहिलेपहिलेका आमाहरुले पिपलको रुखलाई पुजा गर्थे उही पिपलको पात अर्गानिक ब्याजले प्रमुख अतिथि, बिशेष अतिथिहरु सम्मान गरिएको थियो।

हरितालिका तीजको अवसर पारेर कुवेतमा संचालित सबै मिडिया तथा पत्रकारहरुलाई खादा ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो। भने संस्थाको दिदीबहिनीहरुलाई तीजको अवसर पारेर सबैलाई लुङीले स्वागत सम्मान गरेका थिए भने, कलाकार तथा अन्य सहयोगीदाताहरुलाई पनि सम्मान गरिएको थियो।

अन्तमा सभापति दिपक छन्त्यालले कार्यक्रम सफल पार्नको लागि प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...