Thursday 23rd July 2026

अपराध निर्मुल पार्ने प्रहरी सक्रियता बढदा खैनी समेत पाउन छाडयो


गैह् कानूनी कार्य गर्ने, गराउने र अबैध लागुओषधको सेवन, ओसारपसार, बेचिखन गर्नेहरु माथि प्रहरीको कारबाही कयौ महिनायता झनै आक्रमक रुपमा भईरहेको छ । बेश्याबृती तथा मदिरा उत्पादन र विक्री गर्नेहरु दैनिक पक्राउ पर्ने गरेका छन । कुवेत प्रहरी ले त्यसरी शंकास्पद घर वा व्याक्तिमाथि कठोर कारबाही नगरेको दिन नै छैन ।

अपराधमा संलघ्न मानिसहरुको बढदो धरपकड सँगै प्रहरी हिरासत पर्याप्त नभए पछि बन्द रहेका विद्यालयका भवनलाई समेत प्रहरीले प्रयोग गर्न थालेको छ । अपराधको जरो उलेखेल्ने अभियान मा कुवेत सरकार कठोर भएर लागेको छ । मल तथा सुपरमार्केट का बाथरुमहरुको डस्टविनमा समेत प्रसस्तै ड्रग्स का खाली सिरिन्जहरु मिल्ने गरेकाले भित्र भित्र यहाँ का युवा युवतीहरु कुलतको डरलाग्दो शिकार हुदै गएको देखिन्छ । यस कुरालाई बुझेको सरकारले समाज ध्वस्त हुन बाट बचाउन ड्रग्स र अनैतिक क्रियाकलापहरुका विरुद्ध शसक्त ढंगले कारबाहिमा उत्रेको देखिन्छ । समाजमा विकृती फैलाउन गैर कानूनी रुपमा रहेका आप्रवासी कामदारको समेत हात हुने भन्दै उनीहरुको खोजी र धरपकड पनि घनिभूत रुपमा भएको देखिन्छ ।

पछिल्लो अप्रेसन सालमियामा भएको र त्यहाँ सञ्चालित मसाज पार्लरमा अवैध गतिविधिमा संलग्न भएको आरोपमा नौ जना विदेशीलाई पक्राउ गरिएको छ। पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ । यसरी अबैध रुपमा सञ्चालनमा आएका मसाजकेन्द्रहरुमा अनैतिक काम हुने गरेको प्रहरी को ठम्याई छ । त्यसरी नै अनलाईन मार्फत ग्राहकहरुको खोजी गर्ने लोकेशन दिने, र देह व्यपार गर्ने गिरोहहरु पनि पक्राउ पर्ने गरेका छन ।

खैतान, फरवानिया, जलेब अल(शुयुख, बनीद अल(कार, र साल्मियालाई समावेश गरी हालैको निरीक्षण अपरेसनमा विभिन्न राष्ट्रियताका कुल १०४ विदेशीहरूलाई विभिन्न कानूनको उल्लङ्घन गरेको आरोप मा हिजै मात्र पकाउ गरेको छ ।

यहाँ सम्म की कुवेतमा तम्बाखु समेत प्रतिबन्धित छ । यसको व्यपार गैह कानूनी मानिन्छ र प्रहरीको नजर छलेर मात्र विक्री हुने गरेको छ । गत महिना कपडाको कन्टेनर भित्र लुकाएर ल्याएको तम्बाखु प्रहरी ले सिज गरेको थियो । त्यसपछि यहाँ तम्बाखु पाउन मुश्किल हुदै गएको छ । ५० ग्राम तम्बाखु नेपाली दुई हजार मा व्लाक मार्केटमा विक्रि हुन थालेको छ । दुई महिना पहिले सम्म त्यसैलाई चार पाच सय रुपैयामा पाउथ्यो भने कोभिड अगाडी नेपाली रुपैया ३ सयको हाराहारीमा किन्न पाईन्थ्यो । गुड्का पनि त्यतिकै महंगो छ यो पनि किनबेच गर्न प्रतिबन्ध छ ।

खैनी, विदेशमा होस वा स्वदेशमा नेपाली युवा युवतीहरु ले अधिक प्रयोगगर्दछन । चुरोट भन्दा तम्बाखुको लत नेपालीहरुमा धेरै पाईन्छ । यसरी नै ईन्डिया, त्यसपछि बंगलादेश र श्रींलंकन ले प्रयोग गर्दछन । पाकिस्तानीहरु ले खैनी को सेवन खासै गर्दैनन । उनीहरु ले प्राय चुरोट पिउने गर्दछ ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...