Sunday 4th October 2026

तपाई भारतीय भन्दा कति धेरै खुशी हुनुहुन्छ ? – रिर्पोट भन्छ ४१ औ स्थान माथि


वल्र्ड हापिनेष्ट रिर्पोट अनुसार नेपालीहरु भारतिय भन्दा ५१ स्थान माथि रहेका देखाएको छ । नेपाल विश्वका खुशी हुने जनता भएको देशको ८५ औ स्थानमा रहदा भारत भने १३६ स्थानमा छ । विश्वको नम्बर १ खुशी राष्ट्रमा फिनल्याण्ड छ भने दोश्रोमा डेनमार्क, तेश्रो स्वीजरल्याण्ड, चौथो आईसल्याण्ड, पाँचौमा निदरल्याण्ड रहेको छ ।

यसरी नै विश्वको सवै भन्दा निराश जनता भएका पाँच देशहरुमा अफगानिस्तान, जिम्बाबे, रुवाण्डा, बोस्निया र लेसोथो रहेको देखाईएको छ । यसरी नै खाडी राष्ट्रहरुमा बहराईनको स्थान अगाडी छ । बराईन विश्वका खुशी राष्ट्रहरुको लिस्टमा २२ औ स्थानमा रहदा दुबइ २५ औ, साउदी २६ औ र कुवेत ४६ औ स्थानमा छन ।

यसरी नै धेरै खुशी हुने राष्ट्रको छटौमा नर्वे, सातौमा स्वीडेन, आठौमा लव्जेम्बर्ग, नवौ मा न्युजिल्याण्ड र दशौमा अष्ट्रिया छन । एषियाको धनी र नेपालीहरुको आर्कषणको केन्द्रमा रहेको अष्ट्रेलिया भने खुशी राष्ट्रको ११ औ स्थानमा रहेको छ । यस्तै क्यानाडा १४ औ, बेलायत १७ औ र अमेरिका १९ औ स्थानमा छन । हाम्रा निकटका छिमेकी बंगलादेशलाई ९९ औ स्थानमा देखाईएको छ जब की संसारकै धनी देश चीन नेपाल भन्दा तीन स्थान माथि अर्थात ८२ औ स्थानमा छ । यसरी नै जापान ५५ औ स्थानमा र मेलेशिया ७९ स्थानमा रहेको छ ।

रिपोर्टका अनुसार यस सूचीमा फिनल्यान्ड पहिलो स्थानमा छ र विश्लेषणका अनुसार विगत १० वर्षदेखि पहिलो स्थानमा रहेको छ । तर सबैजना विश्व खुशी सूचक सूची २०२३ कसरी तयार गर्ने र विश्वव्यापी रूपमा सूची प्रस्तुत गर्ने अधिकार कसको हो भन्ने बारे सोचिरहेका छन् । अधिकारीहरूले तयार पारेको सूचीको क्रममा, उनीहरूले तीनवटा मुख्य तथ्यहरू विश्लेषण गर्छन्, पछाडि हेर्दा, जनता र राष्ट्रले कसरी कोभिड १९ को सामना गरिरहेका छन् र कसरी देशले भविष्यको लागि विज्ञानको विकास गरेको छ । सूचीलाई अन्तिम रूप दिनु अघि विकासकर्ताले तयार पारेको सूची पछाडिका सबै कारण र करिब १५० काउन्टरको डाटा मूल्याङ्कन गरिएको थियो।

आलोचकहरुले खुशी को सूची तयार पार्दा पश्चिमा राष्ट्रतिर ढल्किएको आरोप लगाएका छन । यसभन्दा पहिले ग्लोवल हापिनेष्ट ले प्रकाशित गरेको खुशीको सूचांकमा चीन लाई पहिलो नम्बरमा देखाईएको थियो । भारतलाई अहिले अति कम खुशी हुने राष्ट्रमा १३६ औ स्थानमा देखाएको प्रति पनि धेरै को असन्तोस देखिन्छ । पश्चिमा राष्ट्रहरुमा सवै भन्दा धेरै एण्टी डिप्रेशनको औषधीको विक्री वितरण भएका हिसावले पनि कतिपय ले ति देश कसरी सवै भन्दा खुशी राष्ट्रका अघिल्ला पंक्तिहरुमा रहन सक्छन भनेर प्रश्न गरेका छन । खुशीको ईन्डेक्समा जिडिपी लाई मात्र पनि आधार मानिएको छैन तर एकथरी ले भनेका छन अर्काको देश लुटेर धनि भएका राष्ट्रहरु खुशी राष्ट्र कसरी हुन सक्छन जहाँ उनीहरुको देशको पौरख र मेहनत भन्दा पनि अर्काको देशको रगत, पसिना र सम्पती थोपरिएको छ ।

भारतलाई बेलायत ले लुटेको छ । अफगान, ईराक लगायत कयौ देश अमेरिकाबाट लुटिएका छन । अफ्रिकन देशहरुलाई अधिकांश पश्चिमा देशहरुले लुटेर धनि भएका हुन । प्यालेष्टाईन जहिल्यै ईजरेलबाट लुटिएको देश हो । बेल्जियम ले कंगोलाई लुटेर कंगाल बनाएको हो ।

सरल भाषामा भन्नुपर्दा, कसैलाई सोध्दै, तपाईं आफ्नो जीवनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? वास्तवमा, उनीहरूलाई खुशीको बारेमा सोच्न भनिएको हुन सक्छ किनकि यो उनीहरूको व्यक्तिगत जीवनका उपलब्धिहरूसँग सम्बन्धित छ न कि उनीहरूको अन्तरव्यक्तिगत सम्बन्ध र सामाजिक सद्भाव जस्ता अन्य कारकहरू। एउटा सर्वेक्षणले देखाउँछ कि अन्तरनिर्भर खुशी परिवार र साथीहरूसँगको अन्तरव्यक्तिगत सम्बन्धमा निहित, खुशीू निर्धारण गर्न एक बलियो कारक हो । यदि मुख्य प्रश्न हो भने, के तपाईलाई माया गरिएको र हेरचाह गरिएको महसुस गर्नुहुन्छ ? भने विश्व खुशीको श्रेणी कत्ति फरक हुन सक्छ। वा के तपाई आफ्नो हो जस्तो लाग्छ ?


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...