Saturday 16th May 2026

कुवेतमा प्रतिबन्धका बाबजुद तिन महिनामा २,७१६ नेपाली महिला कसरी पुगे ?


कुवेतमा घरेलु कामदारको माग बढदो छ । त्यसको आपुर्तिका लागि उनीहरुले फिलिपिन्सको विकल्प खोजिरहेका छन । उनीहरुले अहिले आफ्नो ध्यान नेपाल र ईन्डियातिर दिए पनि श्रम संझौता नभए सम्म त्यो संभव छैन । तर कुवेतको श्रम बजारमा नेपाली घरेलु कामदार महिला को संख्या भने प्रसस्तै देखिन्छ ।

कुवेतको आधिकारीक तथ्यांक अनुसार यस बर्षको प्रथम त्रैमासिक अर्थात फस्ट क्वाटरमा मात्रै २,७१६ नेपाली महिला कामदार कुवेतीको घरमा काम गर्न पुगेका छन । जब की १५ बर्षयता घरेलु काम का लागि नेपाली महिला कामदार लाई कुवेत पठाउन रोक लगाईएको छ । आश्चर्यको कुरा त के भने तथ्यांकमा देखाईएको संख्या को ९० प्रतिशत महिलाहरु यहि अवधीमा कुवेत पुगेका हुन । यति धेरै महिला रोक लगाउदा लगाउदै कसरी कुवेत पुगे भनेर नेपालका कुनै पनि निकायले खोजी गरेका छैनन । यी सवै जसो महिलाहरु नेपाल एयरर्पोट हुदै दुवई र दुवई बाट कुवेत पुगेका हुन । उनीहरुलाई सेटिंगमा दुई वटा भिषा थमाएर ट्रान्जिट मार्फत त्यहाँ पुरयाईएको बताईन्छ ।

आजभोली कुवेतमा फिलिपिन्सबाट घरेलु महिला कामदार कुवेत आउदैनन । जो कुवेतमा छन उनीहरुको संझौता सकिए पछि कुवेत छाड्ने संभावना छ । आज भन्दा दुई बर्ष पहिले कुवेत आउनेहरुको म्याद सकिन्दैछ र उनीहरुको सरकारले फिर्ता बोलाएको अवस्था छ । तर कुवेतले नविकरण गर्न चाहानेहरुको लागि मौका दिएको छ । यस्तो अवस्थामा कुवेतमा घरेलु कामदार महिलाको बढदो माग ले कुवेत सरकार दवाव मा परेको छ । श्रीलंका तर ईन्डोनेशियाबाट घरेलु कामदार आउन रोक लगाए सँगै त्यहाँबाट कोही पनि कुवेत आईपुग्दैनन तर नेपाल सरकारले लगाएको रोक लाटा को धोती बराबर छ ।

नेपाल र भारतबाट घरेलु कामदारहरु नल्याउन एजेन्सीहरुलाई कुवेत सरकारले भनेको छ । त्यसको कारण के हो भने भारतसँग नयाँ संझौता भएको छैन । पुरानो संझौता अनुसार भारत उसका नागरिक पठाउन तयार छैन । त्यसलाई नयाँ ढंगले छलफल गर्ने मुढ मा कुवेती अधिकारीहरु पुगेका छन तर नेपालको हक मा भारत सँग जति सहज छैन किनकी नेपालसँग महिला घरेलु कामदार ल्याउन का लागि ईतिहासमा कुनै संझौता भएका छैनन । यसलाई जीटुजी संझौता हुन पर्ने हुन्छ । कुवेतमा नेपाली महिला घरेलु कामदारको माग छ । माग नहुदै पनि दलालहरुद्धारा कुवेतमा नेपाली महिला कामदारहरु जान रोकिएको छैन । नेपाली दुतावास पनि यी सवै घटनाहरु थाहा हुदाहुदै पनि थाहा नपाए जसरी बस्ने गरेको छ । यसरी ईलिगल चेनल मार्फत नेपाली महिलाहरु कुवेत भित्रदा सवैलाई मालामाल कै अवस्था छ । मर्ने र दुःख पाउने का लागि न कुनै कानून छ , नत देशले तीनको सुरक्षित आप्रवासनको झण्झट लिने गर्दछ । यो मानब तस्करीको सञ्जाल चल्तेचलातेमा चलेको छ ।

फस्ट क्वाटरमा कुवेतमा महिला कामदारको कुल संख्या १९,६९८ छ जसमा भारतबाट ९,७०० घरेलु कामदार ■ श्रीलंकाबाट ६,८९६ घरेलु कामदार ■ नेपालबाट २,७१६ घरेलु कामदार ■ बेनिनबाट ३८६ घरेलु कामदार कार्यरत छन । कुवेती नागरिकहरुको संख्या १४ लाख को आसपासमा छ तर ३२ लाख विदेशीहरु कार्यरत छन । यहाँ संगठित क्षेत्रमा काम गर्ने नेपालीहरुको संख्या हालका दिनमा १ लाख नागेको अनुमान छ । कोविड १९ पूर्व को सरकारी आँकडा अनुसार नेपालीहरु ७० हजार थिए ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...