Friday 30th October 2026

सुदुरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिवेशन तथा वार्षिक उत्सव १० नोभेम्बरमा हुने


सुदुरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिवेशन तथा वार्षिक उत्सव आगामी १० नोभेम्बर २०२३ का दिन हुने भएको छ ।

“सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली” भन्ने मुल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा सुदुरपश्चि नेपाली समाज कुवेतको चौथो अधिवेशन तथा वार्षिक उत्सव नाेभेम्बर १० तारिकमा हुने समाजका महासचिव गगन सिँह बिष्टले मिडियालाइ जानकारी दिएका हुन् ।

वैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि विभिन्न पेशामा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समयामा सफल संस्ठाको रुपमा चिनाउन सफल यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै आफ्नो चौथो अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्न लागेको हो ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार,खेलाडी र कलाकारहरुलाई कार्यक्रममा उपस्थित भै सफल पारिदिनु हुन र उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजक संस्थाले हार्दिक अनुरोध समेत गरेको छ।

चाैथो अधिवेशन कार्यक्रम विवरणः
आयोजक : सुदुर पश्चिमलि नेपाली समाज कुवेत ।
कार्यक्रम: चाैथाे अधिवेशन तथा वार्षिक उत्सव ।
स्थान : तय नभएको (खोजीमा) ।
मिति/समय :नाेभेम्बर १० तारिक बिहान ११ बजे ।


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...