Wednesday 7th October 2026

सुदुरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिवेशन तथा वार्षिक उत्सव १० नोभेम्बरमा हुने


सुदुरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिवेशन तथा वार्षिक उत्सव आगामी १० नोभेम्बर २०२३ का दिन हुने भएको छ ।

“सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली” भन्ने मुल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा सुदुरपश्चि नेपाली समाज कुवेतको चौथो अधिवेशन तथा वार्षिक उत्सव नाेभेम्बर १० तारिकमा हुने समाजका महासचिव गगन सिँह बिष्टले मिडियालाइ जानकारी दिएका हुन् ।

वैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि विभिन्न पेशामा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समयामा सफल संस्ठाको रुपमा चिनाउन सफल यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै आफ्नो चौथो अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्न लागेको हो ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार,खेलाडी र कलाकारहरुलाई कार्यक्रममा उपस्थित भै सफल पारिदिनु हुन र उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजक संस्थाले हार्दिक अनुरोध समेत गरेको छ।

चाैथो अधिवेशन कार्यक्रम विवरणः
आयोजक : सुदुर पश्चिमलि नेपाली समाज कुवेत ।
कार्यक्रम: चाैथाे अधिवेशन तथा वार्षिक उत्सव ।
स्थान : तय नभएको (खोजीमा) ।
मिति/समय :नाेभेम्बर १० तारिक बिहान ११ बजे ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...