Thursday 1st October 2026

ठगी तथा बैंकिङ कसुर मुद्दामा जिल्लाले दोषी ठहर्याएका लालबहादुर बिक उच्चद्दारा निर्दोष ठहर गर्दै थुनामुक्त


ठगी तथा बैंकिङ कसुर मुद्दामा जिल्ला तहबाट दोषी ठहर्याइ थुनामा रहेका लालबहादुर बिक उच्च अदालतको फैसलाले निर्दोष ठहरिएपछि थुनामुक्त भएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर बिकलाई निर्दोष ठहर गरेको हो । उनलाई उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको सयुक्त इजलासले सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला योङ्याको २०७८ पुस १९ को आदेशलाई उल्टाउँदै मंगलबार अवैध वित्तीय कारोबार सञ्चाल र ठगी मुद्दामा सफाई दिँदै थुनामुक्त गर्ने आदेश दिएको थियो । अदालतको पत्र प्राप्त भएपछि बुधबार बिकलाइ थुनामुक्त गरिएको हो ।

मंगलबार अदालतको पत्र कार्यालय समयमा नपुग्दा उनी बुधबार छुट्ने हल्ला सर्वत्र फैलिएको थियो । उच्चले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर रिहा हुने भएका छन् ।

इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा लालबहादुर सात महिनादेखि हिरासतमा थिए । यस्तै कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ ।

सिंहदेवी ज्वेलर्सका मुख्य साहुँ दीपक विश्वकर्माको हकमा भने बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ ।

स्थानीय तहमा लालबहादुर निर्दोष हुन् भन्दै विगतमा दबाबमूलक कार्यक्रम गरिएका थिए भने सामाजिक संजाल र नागरिक स्तरमा निर्दोष मानिसलाइ दोषी ठहर्याइएको भनि निकै विरोध भएको थियो । पछिल्लो समय लालबहादुरको मुद्धामा राष्ट्रिय राजनीतिमा जोडिएकाहरुले समेत उनको न्यायका लागि आवाज उठाउन थालेका थिए । अधिवक्ता समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले त लालबहादुरको पक्षमा बहस नै गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...