Saturday 16th May 2026

एफएनजे कुवेतको स्व. माधव शाही स्मृति पत्रकारिता पुरस्कार यस वर्ष हरि बानियालाइ


नेपाल पत्रकार महासंघ कुवेतले गतवर्ष स्थापना गरेको स्व. माधव शाही स्मृति पत्रकारिता पुरस्कार यस वर्ष हरि बानियालाइ प्रदान गरेको छ । सो पुरस्कार महासंघको १४ औं स्थापना दिवसको अवसर पारेर प्रदान गरिएको हो ।

२८ जुलाई शुक्रबारका दिन कुवेतको सालमियास्थित डाम्पा रेस्टुरेन्टमा अध्यक्ष नबराज पन्थीको सभाध्यक्षता तथा नेपाली दूतावास कुवेतकी कार्यवाहक राजदूत सुजनी राणाको प्रमुख आतिथ्यता सम्पन्न १४ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रममा नेपाली दूतावास कुवेतको प्रथम सचिव प्रेमराज गौतम, द्वितीय सचिव श्रीकृष्ण सिलवाल, तृतिय सचिव रेवन्त केसी, श्रम सहचारी हेम कुमार अधिकारी, एनआरएन एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, मध्य पूर्व – उप-संयोजक अमित राई, आइसीसी सदस्यद्वय हरि लावती तथा माधव पौडेल, बीईसी एक्सचेञ्ज कुवेतका डम्बर गुरुङ, नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरही रसाईली, जन प्रगतिशिल मन्च कुवेतका अध्यक्ष मनु भुजेल, प्रवासी नेपाली एकता मन्च प्रवास समन्वय कमिटि कुवेतका अध्यक्ष युवराज गैरे, राष्ट्रिय स्वतन्त्र पार्टी सम्पर्क विभाग कुवेतका सभापति युवराज बस्याल, कुवेत नेपाली एकता समाजका महासचिव खुम रायमाझी, स्वर्गीय माधव शाहीको दाजु इरेण शाही, कुवेतमा कृयाशिल विभिन्न संघ – संस्थाका प्रतिनिधि, व्यवसायी लगायतको आतिथ्यता रहेका थियो ।

सचि चन्द गोतामेको संचालन र सह-सचिव बानियाको स्वागत रहेको उक्त कार्यक्रममा राष्ट्रिय गान पश्चात् सभापति , प्रमुख अतिथि , विशिष्ट अतिथि लगायतले पानसमा दीप प्रज्वलन गरि केक काटी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा सदस्य स्व. माधब शाही र पूर्व सह-सचिब स्व. गोपाल शिवाको सम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो । ऐरावती गाउँपालिका-४, प्यूठान स्थायी घर भई रोजगारका लागि कुवेत आएका स्व. माधव शाहीको अल मुवारक अस्पतालमा आईसीयुमा उपचारको क्रममा ३६ वर्षको उमेरमा १४ अक्टोवर २०२१ को दिन निधन भएको थियो । त्यस्तै काठमाडाको पेप्सीकोला घर भएका पूर्व सह-सचिव गोपाल शिवा कोभिड-१९ सङ्क्रमित भई बि. सं २०७७ कार्तिक १० गते निधन भएको थियो ।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका संरक्षक जय आलेको संयोजकत्वमा अध्यक्ष नबराज पन्थी र उपाध्यक्ष एकराज मल्ल सदस्य रहेको माधव शाही स्मृति पुरस्कार छनोट समितिले सह – सचिव हरी बानियालाई पुरस्कारका लागि छनोट गरेको थियो । संयोजक आलेले नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको इतिहास र गतिविधि बारेमा प्रकाश पार्दै पुरस्कार घोषणा गरेका थिए । सह – सचिव हरी बानियालाई नगद ७५ कुवेती दिनार, प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान सहित पुरस्कृत गरिएको थियो । सह-सचिव बानिया हिमाली संचार डटकमका प्रधान सम्पादक समेत हुन । उनले कुवेतमा कार्यरत रहेर पत्रकारितामा समेत सकृय रुपमा कमल चलाउदै आएका छन । स्व. माधव शाहीको कुवेतमा निधन भएपछि घर परिवारलाई राहत होस भन्ने हेतुले महासंघमा आबद्द पत्रकारले संकलन गरेको अार्थिक सहयोग रकम घर परिवारले लिन अस्वीकार गरेपछि महासंघले स्व. माधव शाहीको सम्झनामा स्व. माधव शाही स्मृति पत्रकारिता कोष खडा गरेको थियो । सोही कोषबाट कुवेतमा रहेर सकृय रुपमा पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन र हौसला स्वरुपमा पुरस्कृत गरिएको हो भने हरेक वर्ष सो पुरस्कारबाट एक जना पत्रकारलाइ सम्मान गरिने पनि महासंघ कुवेतले जनाएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका वैदेशिक भातृ सङ्गठनका प्रमुख, संघ संस्थाका प्रतिनिधि, एनआरएनए कुवेतका अध्यक्ष, आईइसी सदस्य, मध्यपूर्व उप-संयोजक लगायतले शुभकामना मन्तव्य दिएका थिए । शुभकामना मन्तव्य दिने क्रममा कुवेतमा अहिले नेपाली श्रमिकले राहदानी नविकरण गर्न अनलाईनबाट अपोइन्टमेन्ट लिन निकै जटिल रहेको र राहदानी नविकरण गर्न श्रमिकले निकै सास्ति भोग्नु परेको लगायत अन्य समस्याका बारेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास कुवेतकी कार्यवाहक राजदूत सुजनी राणाले शुभकामना मन्तव्यका क्रममा मिडिया भनेको शक्तिशाली हो र आजको आवश्यकता भनेको सत्य र निष्पक्ष समाचार आउनु आवश्यक छ । दूतावास कुवेतले दैनिक ५० भन्दा बढी अनलाइन अपोइन्टमेन्ट खुला गरिएको छ । राहदानी नविकरण प्रकियालाई सहज बनाउन र अनलाईन अपोइन्टमेन्ट लिनका लागि निरन्तर खुला राख्नको लागि सम्बन्धित निकायमा बारम्बार पहल गरिरहेको बताएकी थिइन । स्व. माधव शाही स्मृति प्रवासी परोपकारी पुरस्कार स्थापना गरेकोमा बधाई दिँदै यो कार्य निरन्तर होस भनेर शुभकामना दिएकी थिइन ।

बिइसी एक्सचेन्जको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा बिइसी एक्सचेन्ज, ब्यानर सौजन्य गर्ने हिमाली संसार मिडिया र विशेष सहयोगी निरेम ट्राभल्स एण्ड टुर प्रा. लि. लाई सम्मान गरिएको थियो । कार्यक्रममा एनआरएन एनसीसीका नव निर्वाचित अध्यक्ष रणध्वज लामालाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष नवराज पन्थीले माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कारको बारेमा प्रष्ट पार्दै पत्रकारिता बारेमा छर्लङ्ग पार्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...