Saturday 25th April 2026

पेरु मा राजनैतिक अस्थिरता ले हिंसा – ६० जनाको ज्यान गयो


दक्षिण अमेरिकी राष्ट्र पेरु मा अहिले राजनैतिक हिंसा भडकिएको छ । सरकारले हिंसा रोक्न प्रयास गरे पनि त्यो सहज देखिन्दैन । अहिले सम्म प्रर्दशनकारी र प्रहरी गरि ६० जनाको ज्यान गई सकेको छ

पेरुका राष्ट्रपति डिना बोलुअर्टेले जुलाई २८, २०२३ मा पेरुको लिमास्थित लेजिस्लेटिभ प्यालेसमा राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रिय मेलमिलापका लागि आव्हान गरेकी छिन । उनले आफ्नो लामो भाषणको क्रममा पूर्वाधारमा लगानी र छ वटा नयाँ अस्पतालहरू, धेरै दक्षिणी, अरेक्विपा र पुनो जस्ता ग्रामीण क्षेत्रहरूमा लगानी सहित, गरिएको नीतिगत प्रस्तावहरूको श्रृंखला प्रस्तुत गरेकी छन । आन्दोलनकारी लाई शान्त पार्न सुधारका योजनाहरु सहित को ३ घण्टा लामो उनको भाषणले मानिसहरु चुप लाग्ने अवस्थामा छैनन । पेरुमा विगत लामो समय देखि राजनैतिक अस्थिरता छ । अहिले को सरकारले पुरा अवधी काम गर्ने हो भने अर्को चुनाव २०२६ मा गर्न पर्ने हुन्छ तर अर्ली ईलेक्सनको पक्षमा जनताहरु देखिएका छन ।

पेरुको कोषमा अहिले पैसा छैन। मुद्रास्फीति धेरै उच्च छ। पेरुमा राजनीतिक अस्थिरताका कारण विदेशी लगानी छैन । त्यसोभए, यी अस्पतालहरू निर्माण गर्न पैसा पाउन उनलाई धेरै गाह्रो हुने छ। र यसले स्थितिलाई अझ खराब बनाउनेछ। इन्स्टिच्युट अफ पेरुभियन स्टडीजबाट यस महिना गरिएको सर्वेक्षणले देखाएको छ कि ७५ प्रतिशत पेरुभियन बोलुआर्टेको राजीनामा चाहन्छन् भने ८० प्रतिशतले प्रारम्भिक चुनावको मागेका छन ।

डिसेम्बर ७ मा पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई हटाएपछि पहिलो पटक प्रदर्शन सुरु भएको थियो । तर बढदो दमनसँगै आन्दोलनकारीहरुको माग पनि फेरिएका छन । डिसेम्बरमा पदभार ग्रहण गरेदेखि, उनको प्रशासनले उनको राजीनामा, कांग्रेसको विघटन र समय भन्दा पहिले चुनावको लागि आह्वान सहित तीव्र विरोधको सामना गरेको छ।

धेरै आलोचना बोलुआर्टे आफैंमा निर्देशित गरिएको छ, गत २८ जुलाई शुक्रबारका दिन उनको भाषणमा मेलमिलापको लागि प्रस्तव गरिन जतिवेला प्रदर्शनकारी र पुलिस मारिएका परिवारहरूलाई हरुलाई उनले सम्बोधन गर्दै थिईन । गहिरो र पीडादायी आक्रोशका साथ, म राज्यको तर्फबाट माफी माग्छु, बोलुआर्टेले आफ्नो भाषणमा भने। बोलुआर्टेले पहिले अपराधी र आतंकवादी ले विरोधमा हिंसा फैलाएको आरोप लगाएकी थिईन र प्रदर्शनहरू लोकतन्त्रको लागि खतरा छन भनेकी थिईन।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...