Thursday 1st October 2026

अफगानिस्तानमा भारी वर्षाको कारण आएको भीषण बाढीमा परी ३१ को मृत्यु , सयाैं बेपत्ता


अफगानिस्तानमा भारी वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको छ र दर्जनौं बेपत्ता भएको तालिवानका प्रवक्ता र स्थानीय अधिकारीहरूले बताएका छन्। तालिवान सरकारले पीडितहरूलाई आपतकालीन सहयोग उपलब्ध गराउन सहायता एजेन्सीहरूलाई आह्वान गरेको छ।

विगत ७२ घण्टामा, कम्तिमा ३१ जनाले देशभर ज्यान गुमाएका छन्, विपद् व्यवस्थापन निकायले ड्युच प्रेस-एजेन्टर (डीपीए) लाई पुष्टि गरेको छ। कुल आठ प्रदेश प्रभावित भएका छन् । बाढी प्रभावित क्षेत्रमा तत्काल सहायता परिचालन गरिएको छ । बाढीले केही स्थानमा आर्थिक क्षति पनि भएको छ ।

प्रान्तीय गभर्नरको कार्यालयले एक विज्ञप्तिमा भन्यो कि सयौं घर या त क्षतिग्रस्त वा ध्वस्त भएका छन् र बेपत्ता मानिसहरू भत्किएका घरहरूको भग्नावशेषमा रहेको विश्वास गरिएको छ। विज्ञप्तिमा सयौं हेक्टर खेतीयोग्य जमिन बगाएर नष्ट भएको र राजधानी काबुल र मध्य बामियान प्रान्तबीचको राजमार्ग पनि बाढीका कारण बन्द भएको उल्लेख गरिएको छ ।

गत वर्षको अगष्टमा अफगानिस्तानको पूर्वी, मध्य, दक्षिणी र पश्चिमी क्षेत्रका धेरै प्रान्तमा परेको मुसलधारे वर्षाको कारण अचानक आएको बाढीपहिरामा परी एक सय ८० जनाको ज्यान गएको थियो भने कम्तीमा आठ हजार सर्वसाधारण विस्थापित भएका थिए । तीन हजारभन्दा बढी घर क्षतिग्रस्त भएका थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...