Sunday 4th October 2026

दुर्व्यासनको नेटवर्क ध्वस्त पार्दै कुवेती प्रहरी


दैनिकको गिरप्तारी हेर्दा कुवेतको युवा समाज लगभग लागु औषध र दुर्व्यासनको मज्जाले शिकार भएको देखिन्छ । तीन महिनायता दिनहुँ जसो प्रहरी कारबाहीमा सयौ कारोवारी तथा दुर्व्यासनीहरु पक्राउ परिसकेको कुराले यहि पुष्टि गर्दछ ।

सुरक्षा निकायले भर्खरै गरेको कारवाहीमा करिब २.५ किलोग्राम विभिन्न लागुऔषध, ५०० साइकोट्रोपिक चक्की, ४ सय ३१ बोतल पैठारी गरिएको वाइन र करिब १९ हजार ५ सय ८५ कुवावासहित १२ जना अभियुक्तलाई सफलतापूर्वक पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण महाशाखाले एक कुवेती, चार गैर-कुवेती, चार अरब र तीन एसियाली नागरिक गरी १२ जना संदिग्धलाई पक्राउ गरेको हो । संलग्न व्यक्ति र बरामद सामानहरू आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रशासनले जनतालाई सुरक्षाकर्मीहरूसँग सहकार्य गर्न र आपतकालीन फोन लाइन (112) वा लागूऔषध नियन्त्रणका लागि सामान्य विभागको हटलाइन (1884141) मा सम्पर्क गरेर कुनै पनि शंकास्पद गतिविधिहरू रिपोर्ट गर्न प्रोत्साहित गर्ने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

फिलिपिन्समा गैरकानुनी अनलाइन जुवा सञ्चालन गरेको आरोपमा २ सयभन्दा बढी विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक…

जापानको ओकिनावा टापुस्थित एक होटलमा एक महिलाको हत्या भएको आशंकामा २० वर्षीय अमेरिकी मरीन सैनिकलाई प्रहरीले पक्राउ गरेको छ। ३९…

प्रतिकृयाहरू
...