Monday 26th October 2026

दुर्व्यासनको नेटवर्क ध्वस्त पार्दै कुवेती प्रहरी


दैनिकको गिरप्तारी हेर्दा कुवेतको युवा समाज लगभग लागु औषध र दुर्व्यासनको मज्जाले शिकार भएको देखिन्छ । तीन महिनायता दिनहुँ जसो प्रहरी कारबाहीमा सयौ कारोवारी तथा दुर्व्यासनीहरु पक्राउ परिसकेको कुराले यहि पुष्टि गर्दछ ।

सुरक्षा निकायले भर्खरै गरेको कारवाहीमा करिब २.५ किलोग्राम विभिन्न लागुऔषध, ५०० साइकोट्रोपिक चक्की, ४ सय ३१ बोतल पैठारी गरिएको वाइन र करिब १९ हजार ५ सय ८५ कुवावासहित १२ जना अभियुक्तलाई सफलतापूर्वक पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण महाशाखाले एक कुवेती, चार गैर-कुवेती, चार अरब र तीन एसियाली नागरिक गरी १२ जना संदिग्धलाई पक्राउ गरेको हो । संलग्न व्यक्ति र बरामद सामानहरू आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रशासनले जनतालाई सुरक्षाकर्मीहरूसँग सहकार्य गर्न र आपतकालीन फोन लाइन (112) वा लागूऔषध नियन्त्रणका लागि सामान्य विभागको हटलाइन (1884141) मा सम्पर्क गरेर कुनै पनि शंकास्पद गतिविधिहरू रिपोर्ट गर्न प्रोत्साहित गर्ने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...