Saturday 16th May 2026

रास्वपा कुवेतको प्रथम अधिवेशन भर्चुअल माध्यमबाट सम्पन्न, सभापतिमा युवराज बस्याल


राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेतको प्रथम अधिवेशन जुन-३०, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ । प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत गत अप्रिल २८ २०२३ मा पुष्कर धामिको संयोजकत्वमा युवराज बस्यालको सभापतित्वमा तदर्थ समिती गठन गरिएको थियो ।
प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेतका सभापति युवराज बस्यालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा भर्चुवल (Zoom) को माध्यम बाट पाटिका उपसभापति तथा माननीय सांसद डिबि आर्यलको प्रमुख अतिथित्यता रहेको थियो भने
प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, जापानका सभापति दिलेन्द्र जोशी केन्द्रिय सदस्यहरु रतन बहादुर विश्वकर्मा विशेष अतिथि रहेका थिए ।

प्रमुख अतिथी, विशेष अतिथि र कार्यक्रम हलमा उपस्थित “घण्टी ” आस्थावान दाजुभाई दिदिबहिनीहरुलाई गोबिन्द प्रसाद तिम्सीनाले स्वागत गर्दै , भर्चुवल(Zoom )बाटै राष्ट्रिय गानबाट सुरु गरि गत असार ७ गते पार्टीको प्रथम वार्षिकत्सबलाई पनि समेट्दै दिप प्रज्वलन गर्दै घण्टी बजाउदै कार्यक्रमको संचालन गरेका थिए ।

प्रमुख अतिथी केन्द्रीय उपसभापति तथा माननीय सांसद डिबि आर्यलले पार्टीको र प्रवास समितीको बारे बताउदै प्रमुख अतिथि अर्यालले भिडियोमार्फत सम्बोधन गर्दै कार्यसमितिका पदाधिकारीहरुले नेपालको समृद्दि र विकासका लागि ठूलो योगदान पुर्याएको बताउँदै विदेशमा रहेर राजनीति भन्दा पनि नेपालको विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा योगदान पुर्याउने र कुवेतमा रहेका नेपालीको सुख दुःखमा साथदिने उद्धेश्य र सोँचका साथ अगाडि बढ्न आग्रह गर्दै शुभकामना दिएका थिए भने विशेष अतिथी जापानका सभापति दिलेन्द्र जोशीले पाटी र प्रवास समिती भित्रको अनुशासनमा रहि आउदो ५ वर्षमा देशका लागि आमूल परिवर्तन र पहिले पाटी बनाउन आफू लागि परेको भन्दै शुभकामना दिएका थिए ।ी

प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत तदर्थ समितिका संयोजक पुष्कर धामीले देश र प्रवासको बारे खुलेर पार्टी प्रती सबैलाई जानकारी गरएका थिए ।
कार्यक्रमको अन्त्यमा सभापति बस्यालले प्रमुख अतिथि, विशेष अतिथि,अतिथि, उपस्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई पार्टी प्रतिको समर्थन, सहयोग र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ धेरैको संख्यामा सङठ्न बिस्तार गरि देश बिकास, पार्टी र प्रवास समितिलाई धेरै नै टेवा पुर्याउने छौ भन्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।

नयाँ कार्यसमितिका पदाधिकारीहरु :-
१. सभापति – युवराज बस्याल
२. उप सभापति – छबिलाल सुबेदी
३. महामन्त्री – इश्वर भण्डारी
४. सह महामन्त्री – मो. आलमगीर अन्सारी
५. कोषाध्यक्ष – गोबिन्द प्रसाद तिम्सीना
६. सह कोषाध्यक्ष – मो. मोहराम अली
७. सदस्य – ज्ञान प्रसाद पाण्डे
८. सदस्य – दिल माया बि. क.
९. सदस्य – रबिना कटुवाल
१०. सदस्य – भगवती माझी
११. सदस्य – दिनेश शाह
१२. सदस्य – मो. रहमान
१३. सदस्य – झबिन्द्र ब. टन्डन
१४. सदस्य – अर्चना कार्की
१५. सदस्य – बिजय थापा


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...