Thursday 16th May 2024

नश्लबादी रबैयाका कारण फ्रान्समा भडकदै छ हिंसा -२००० गाडी जलाईए


एक प्रहरी अधिकारीले एक १७ बर्षिय युवा लाई ट्राफिक नियम उल्घन गरेको आरोपमा गोली हानी मारेको घट्नालाई लिएर अहिले फ्रान्सभरी उग्र प्रर्दशनहरु र हिंसा भईरहेको छ । काला जातिका ति युवाले गोली हान्न पर्ने गरी कुनै गल्ती गरेका थिएनन । तर नश्लबादी हैकम देखाउदै प्रहरीले गरेको ज्यादती फ्रान्सका लागि निक्कै महंगो सावित भएको छ ।

फ्रान्स हिंसा राष्ट्रसंघको कडा टिप्पणी, २ हजार सवारीसाधन जलेर खरानी, ​​८७५ जना पक्राउ परेका छन । फ्रान्समा विगत तीन दिनदेखि जारी हिंसाबारे संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकायले शुक्रबार कडा टिप्पणी गरेको छ । मानव अधिकार एजेन्सीले यो गोलीबारीले फ्रान्सले आफ्नो कानून र व्यवस्था एजेन्सीहरूमा व्याप्त नस्लवाद सम्बन्धी चुनौतीको सामना गर्नुपर्ने देखाएको बताएको छ।

यसैबीच, जेनेभामा, संयुक्त राष्ट्र संघका प्रवक्ता रविना शामदासानीले फ्रान्सेली अधिकारीहरूले पुलिसले प्रयोग गरेको बल प्रयोग कानुनी, निष्पक्ष र गैर भेदभावपूर्ण छ भनेर सुनिश्चित गर्नुपर्ने बताएकी छिन्। फ्रान्समा विगत तीन दिनदेखि जारी हिंसा र आगजनीका घटनामा अहिलेसम्म दुई हजार सवारीसाधन जलाइएको छ र ४९२ घरमा क्षति पुगेको छ । समाचार एजेन्सी एएफपीका अनुसार हिजो राति नै आगजनीका ३८०० घटना दर्ता भएका छन् । योसँगै हालसम्म ८७५ जना पक्राउ परेका छन् ।

हिंसा र आगजनीका घटनाहरू फ्रान्सको राजधानी पेरिसभन्दा बाहिर धेरै शहरहरूमा फैलिएका छन्। फ्रान्स सरकारले यो हिंसालाई रोक्न ४० हजार प्रहरी परिचालन गरेको छ । यससँगै सबै सहरमा कर्फ्यू लगाइएको छ । फ्रान्सको मार्सेली सहरमा साँझ ७ बजेदेखि सार्वजनिक विरोध प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन ब्रसेल्समा युरोपेली मुलुकहरुको बैठक छोडेर पेरिस फर्किएका छन् र, केहि समय अघि म्याक्रोन र फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्न बीच आपतकालीन बैठक भएको थियो।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...