Monday 5th October 2026

गुण्डाराज को नमुना नेपाल बन्दै


आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न काठमाडौं जिल्ला अदालत पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं जिल्ला अदालतमा धर्ना दिन पुगेका चलाउनेसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला अदालत पुगेका चलाउनेले मुद्दा फिर्ता लिन नहुने र आफूलाई न्याय चाहिने बताए।

चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ।

उनीविरुद्ध दायर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाको पेसी असार ५ गतेलाई थियो। सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको पत्र आइतबार काठमाडौं जिल्ला अदालत पुगेको थियो।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...