Tuesday 7th May 2024

युगाण्डाको एक विद्यालयमा सशस्त्र विद्रोहीको आक्रमण, कम्तीमा ४१ जनाको मृत्यु


सशस्त्र विद्रोहीले पश्चिमी युगान्डाको एउटा विद्यालयमा आक्रमण गर्दा कम्तीमा ४१ जनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा अधिकांश विद्यार्थी रहेकाछन् । ८ जना सख्त घाइते छन् भने ६ जनालाई आक्रमणकारीहरूले अपहरण गरेको युगान्डाका अधिकारीहरूले बताएका छन्।

केहीलाई चक्कुले हानेर मारिएको थियो भने अरूलाई उनीहरूको छात्रावासमा आगो लगाएर जिउँदै जलाइएको समाचार सिएनएनले जनाएको छ ।

युगान्डाको सेनाका अनुसार आइएसआईएससँग सम्बन्धित एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) विद्रोही समूहका करिब २० सदस्यले शुक्रबार राती लुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गरेका थिए। आक्रमणका बेला विद्यालयमा ६२ जना रहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...