Monday 5th October 2026

सेन्सरबोर्ड र नेपाल सरकार को ढोंगी राष्ट्रबाद लाई बालेन ले नांगेझार पारे


काठमाडौं– अन्ततः दक्षिण भारतीय फिल्म आदिपुरुषलाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिएको छ । फिल्ममा समावेश गरिएको एउटा विवादित संवाद हटाइएपछि नेपालको सेन्सर बोर्डले उक्त फिल्मलाई प्रदर्शनको अनुमति दिएको हो । तर काठमाण्डौ महानगरपालिका प्रमुख बालेन शाहाले नेपालमा चलाउनका लागि मात्र विवादित संबाद हटाएर नपुग्ने भन्दै आक्रोश पोखेका छन । उनले भारतमा समेत उक्त संबाद हटाएर मात्र प्रर्दशन गर्न पर्ने भनेका छन । यदि यसो नगरिए काठमाण्डौमा कुनै पनि हिन्दि चलचित्र चलाउन नदिने चेतावनी दिएका छन ।

फिल्ममा समावेश जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीवार दिउँसो सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको थिएन तर नेपालमा मात्र अनुमती नदिनुको कुनै अर्थ नहुने जानकारहरु बताउछन । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि मात्र बोर्डले अनुमति दिएको हो ।

सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज हुने पक्का भएको भनेर खुशी मान्नेहरु लाई काठमाडौं महानगरका मेयर बालेन साहको फेसबुक स्टाटसले नराम्रो थप्पड हानेको छ । जसका कारण फिल्म काठमाडौं महानगरपालिकामा प्रदर्शन हुने सम्भावना कम छ । हाँकाहाकी नेपालकी जानकी लाई भारतीय चेली बनाउदा नेपालको सरकार र उग्र बामपन्थिहरु को मौनता गजव्वको छ । यस्तो लाग्छ यो देशको ढुकढुकी काठमाण्डौ महानगर ले मात्र बोल्छ । यो देशको राष्ट्रियता बाकी छ त काठमाण्डौ महानगर र धरान उपमहानगर सँग मात्र छ । अरु त सवै प्रभुको काम प्रति नतमस्तक छन ।

बालेनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरपालिकामा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका छन् । अरु पनि नेपालका शहरमा कोहि जिउदा मेयर छन र राष्ट्रको चिन्ता गर्दछन भने उनकै जसरी रोक लगाउने घोषणा गर्न जरुरी छ । नेपाल सरकारले त यो हिम्मत गर्ने सम्भवना नै छैन ।

बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ । कलेज र विद्यालयमा ताला लगाउने नेपालका राजनैतिक दलका भात्रि संस्थाहरु जानकीको प्रर्दशनका विषयमा जानकार छन की छैनन ? राष्ट्र का विभुतीहरुलाई समेत रातारात भारतीय बनाएर प्रचार गरिरहदा तिनीहरु कहाँ छन ? आम नेपाली जनताहरु तिनको जवाफ पर्खिरहेका छन ।


सम्बन्धित शीर्षकहरु

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मधेश प्रदेशमा ४५९ वटा विपद्का घटना भएका छन्। यी घटनामा ९२ जनाको ज्यान गएको…

काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। देशभरबाट सात हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको महाधिवेशन असोज २२…

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

प्रतिकृयाहरू
...