Tuesday 7th May 2024

खतरनाक हिमाल चढन हिडेकी पूर्णिमा को हुन ?


सातौ अग्लो हिमाल धौलागिरी को शिखर चुम्न सफल पहिलो नेपाली महिला हुन पूर्णिमा श्रेष्ठ । उनी पेशाले फोटो ग्राफर पत्रकार पनि हुन । जो अहिले पाकिस्तानमा रहेको खतरनाक संसारकै दोश्रो हिमाल केटु को आरोहरण का लागि प्रस्तान गरेकी छिन ।

आरुघाट गोरखामा जन्मिएकी पूर्णीमा लाई जीवनमा केही गर्ने अभिष्ट राखेर अघि बढ्ने एक साहसिक महिलाका रुपमा चिनिन्छ । मई २७ शुक्रबार २०२२ मा नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठले मकालु हिमाल ८४६३ मिटर को विश्वको पाँचौं अग्लो हिमालको आरोहण गर्दै लाक्पा नोर्बु शेर्पाको कीर्तिमान तोडेकी थिईन । नेपालमा उनले सात वटा ८ हजार मिटर भन्दा अग्ला चुचुरा पूरा गरेकी छिन । उनले अहिले सम्म मनास्लु ,सगरमाथा, अन्नपूर्ण, धौलागिरी, कञ्चनजङ्घा, ल्होत्से र मकालु को सफल आरोहरण गरेकी छिन ।

केटु हिमाल सगरमाथा भन्दा अलिकति छोटो छ, तर पर्वतारोहीहरूका लागि बढी खतरनाक छ किनभने यो आरोहण गर्न धेरै गाह्रो छ र यहाँ प्राय मौसम खराब भईरहने गर्दछ । विशेषत यो सगरमाथाको रेन्ज भन्दा उत्तरमा भएकाले पनि यो अधिक नै चिसो हुने गर्दछ । केटु को शिखरमा पुग्ने लगभग ३०० सय आरोहीहरू मध्ये, एक चौथाई भन्दा बढीको बाटोमा मृत्यु भएको रेर्कड छ ।

पाकिस्तानको नाङ्गा पर्वत र नेपालको अन्नपूर्णमा मा मृत्यु दर पनि उच्च छ । केटु हिमाल को उचाई 8,611 m (28,251 feet), K2 फीट छ, K2 काराकोरम दायराको एक हिस्सा हो, र पाकिस्तानको गिलगिट(बाल्टिस्तान क्षेत्रको बाल्टिस्तान र चीनको सिनजियाङको Xinjiang ताजिक स्वायत्त काउन्टीको बीचमा अवस्थित छ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...