Monday 5th October 2026

खतरनाक हिमाल चढन हिडेकी पूर्णिमा को हुन ?


सातौ अग्लो हिमाल धौलागिरी को शिखर चुम्न सफल पहिलो नेपाली महिला हुन पूर्णिमा श्रेष्ठ । उनी पेशाले फोटो ग्राफर पत्रकार पनि हुन । जो अहिले पाकिस्तानमा रहेको खतरनाक संसारकै दोश्रो हिमाल केटु को आरोहरण का लागि प्रस्तान गरेकी छिन ।

आरुघाट गोरखामा जन्मिएकी पूर्णीमा लाई जीवनमा केही गर्ने अभिष्ट राखेर अघि बढ्ने एक साहसिक महिलाका रुपमा चिनिन्छ । मई २७ शुक्रबार २०२२ मा नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठले मकालु हिमाल ८४६३ मिटर को विश्वको पाँचौं अग्लो हिमालको आरोहण गर्दै लाक्पा नोर्बु शेर्पाको कीर्तिमान तोडेकी थिईन । नेपालमा उनले सात वटा ८ हजार मिटर भन्दा अग्ला चुचुरा पूरा गरेकी छिन । उनले अहिले सम्म मनास्लु ,सगरमाथा, अन्नपूर्ण, धौलागिरी, कञ्चनजङ्घा, ल्होत्से र मकालु को सफल आरोहरण गरेकी छिन ।

केटु हिमाल सगरमाथा भन्दा अलिकति छोटो छ, तर पर्वतारोहीहरूका लागि बढी खतरनाक छ किनभने यो आरोहण गर्न धेरै गाह्रो छ र यहाँ प्राय मौसम खराब भईरहने गर्दछ । विशेषत यो सगरमाथाको रेन्ज भन्दा उत्तरमा भएकाले पनि यो अधिक नै चिसो हुने गर्दछ । केटु को शिखरमा पुग्ने लगभग ३०० सय आरोहीहरू मध्ये, एक चौथाई भन्दा बढीको बाटोमा मृत्यु भएको रेर्कड छ ।

पाकिस्तानको नाङ्गा पर्वत र नेपालको अन्नपूर्णमा मा मृत्यु दर पनि उच्च छ । केटु हिमाल को उचाई 8,611 m (28,251 feet), K2 फीट छ, K2 काराकोरम दायराको एक हिस्सा हो, र पाकिस्तानको गिलगिट(बाल्टिस्तान क्षेत्रको बाल्टिस्तान र चीनको सिनजियाङको Xinjiang ताजिक स्वायत्त काउन्टीको बीचमा अवस्थित छ।


सम्बन्धित शीर्षकहरु

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मधेश प्रदेशमा ४५९ वटा विपद्का घटना भएका छन्। यी घटनामा ९२ जनाको ज्यान गएको…

काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। देशभरबाट सात हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको महाधिवेशन असोज २२…

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

प्रतिकृयाहरू
...