Monday 5th October 2026

मेथ र हेरोइनसहित चारजना जना पक्राउ -यसका लागि प्रवासीको पनि स्वास्थ परिक्षण गरिने


कुवेत शहर, सुरक्षा उपायलाई तिव्रता दिने र लागुऔषध सम्बन्धी अपराध नियन्त्रण गर्ने प्रतिबद्धता अनुसार लागुऔषध विरोधी टोलीको प्रयासले उल्लेख्य प्रगति हासिल गरेको छ । चार जना सम्मिलित गिरोहलाई पक्राउ गरी उनीहरुको साथबाट करिब ६ किलोग्राम मेथ र हेरोइन अवैध लागूऔषध बरामद गरेको छ ।

महामहिम प्रथम उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र कार्यवाहक रक्षा मन्त्री शेख तलाल खालिद अल अहमद अल(सबाहको निर्देशन र पर्यवेक्षणमा, कानून र विधीको उलंघन गर्ने अपराधीहरूलाई छिटो पक्राउ गर्न सुरक्षा उपस्थितिलाई बलियो बनाउन निर्देशन अनुसार प्रगति भएको देखिन्छ । लागूऔषधको वितरण र बिक्रीका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरेर समाजलाई हानि हुनबाट बचाउने प्रयास स्वरुप बर्तमान मन्त्रिहरु निक्कै आक्रमक रुपमा प्रस्तुत भईरहेको बताईन्छ ।

आपराधिक सुरक्षा क्षेत्र, विशेष गरी लागूऔषध नियन्त्रण महाशाखाले चार संदिग्धहरूको गिरोहलाई सफलतापूर्वक पक्राउ गरेको छ र उनीहरु विरुद्ध कारबाहीका तिनका साथबाट लागुऔषध, साबु, हेरोइन र नगद रकम समेत बरामद भएको समाचारमा जनाईएको छ ।

सोधपुछमा, प्रतिवादीहरूले बरामद सामानहरू बेचबिखन र व्यक्तिगत प्रयोगको उद्देश्यले ल्याएको स्वीकार गरेका छन । बरामद लागुऔषध सहित अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

कुवेतमा लागुऔषधको विक्रिवितरण र अत्याधिक सेवनका कारण सडक दुर्घटना तथा अपराधिक क्रियाकलाप बढेको भन्ने गुनासो आईरहेका बेला सरकार त्यसका विरुद्ध शसक्त रुपमा प्रस्तुत भएको पाईन्छ ।

यसै बिच कुवेत सरकारले लागु औषधको विपत्तिसँग जुध्नका लागि भन्दै सम्पूर्ण प्रवासीहरुलाई लागु औषध सेवन गरेको नगरेको परिक्षण गर्ने योजना बनाएको समाचार छ । उक्त योजनामा काम गरिरहेको निकायले त्यसलाई अन्तिम रुप दिन लागेको बताईन्छ ।

श्रोत -स्थानिय मिडियाहरु


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...