Monday 5th October 2026

भारतमा डरलाग्दो रेल दुर्घटना सयौ को मृत्य भएको आशंका


पूर्वी भारत स्थित ओडिशा राज्यमा शुक्रबार भएको रेल दुर्घटनामा कम्तीमा ५० जनाको मृत्यु भएको र सयौं घाइते भएको आशंका गरिएको छ।

प्रत्यक्षदर्शी र अधिकारीहरूले स्थानीय मिडियालाई भने कि राज्यको राजधानी भुवनेश्वरबाट करिब २०० किलोमिटर टाढा बालासोर नजिकै कोरोमण्डल एक्सप्रेस यात्रुवाहक रेल र एउटा मालगाडी ठोक्किएको थियो।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाका अनुसार घटनामा दोस्रो यात्रु ट्रेन पनि त्यहाँ जुद्धन पुगेको थियो, तर घटनाको पूर्ण विवरण अझै आईसकेको छैन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू दुखी भएको बताउँदै घटनास्थलमा उद्धार कार्य जारी रहेको बताएका छन । मृतकको संख्या अझै निक्कै हुन सक्ने आशंका गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...