Thursday 28th March 2024

टिकापुर घट्नाका बास्तविक अपराधी मन्त्री बनिसके -रेशम चौधरी


तोयानाथ दाहाल, उपेक्षित, जेल मुक्त भए सँगै रेशम चौधरीले अपराधीहरु त मन्त्री भईसकेको बताएका छन । टिकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी ले टिकापुर घट्ना लाई दुःखद घट्ना भन्दै मारिएका परिवार ले न्याय पाउनु पर्ने बताए । उनले भने उहाँहरु हामीलाई पिडक भन्दै हुनुहुन्छ तर बास्तविक पिडक मन्त्री भईसकेका छन । उनीहरु राज्यबाट सम्मानित भएका छन र पिडितहरु न्याय माग्दै तिनकै ढोका खटकटाउन पुग्नु भएको छ । उनले भने सम्भव भए पिडितहरुलाई हामीसँग अन्र्तक्रिया गराउने बाताबरण मिलाई दिनुस ।

रेशम चौधरी ले पिडा आफूलाई र आफ्नो समुदायका मानिसहरु लाई कति भएको छ भन्ने कुरा बर्णन गरेर मनमा त्यही आक्रोश पालेर बस्न हुदैन भनेका छन । हामी जनप्रतिनिधी हौ । हामीले जनताको काम गर्ने हो । उनले आफ्नो घर जलाएको, एफएम, र रिर्सोट जलाएको कुरा पिडादायी भएको बताए । यसरी नै जेलमा यतिका बर्ष सम्म २१ किलोको नेल खुट्टामा लगाएर सास्ती खेप्न पर्दाको पिडा व्याक्त गर्दा निक्कै भावुक बनेका थिए । उनले भने लाल आयोग को प्रतिवेदन सार्वजनिक गर्न पर्दछ । त्यसलाई किन लुकाईन्छ ? उक्त घट्ना बन्द कोठा भित्र भएको घट्ना होईन । हजारौ आँखा साक्षी छन । यसलाई खुलस्त रुपमा सबैका सामु आउन दिन पर्दछ ।

थारु बस्तीहरु मा आगो लगाईएको, महिलाहरु बलात्कृत भएको र निर्दोष मानिसहरुलाई अनाहकमा समातेर थुनेको तथा जवरजस्ती जेल र यातना दिएका कुराहरु अति निन्दनिय र पिडादायी भएको बताए । उनले भावुक हुदै भने मलाई किन तँ दौरासुरुवाल लगाउछस भनेर कतिपय साथीहरुले सोध्ने गर्नु हुन्छ ? त्यस प्रश्नले मुलुकमा सामाजिक सदभाव कति भडकिदै छ भनेर म बुझदछु तर मैले भने यो राष्ट्रिय पोशाक हो, हामीले यसको सम्मान गर्न पर्दछ त्यसैले हामीले लगाउनु पर्दछ भनेका छौ उनले भने

रेशम चौधरी ले जसपा छाडेर नागरिक उन्मुक्ति पार्टी खोल्नु को थोरै रहस्य उनको आजको अभिव्याक्तिले अप्रत्यक्ष रुपमा उदघाटन भएको छ । टिकापुर घट्ना गौर हत्याकाण्डको अर्को सँस्करण थियो भन्ने आशय प्रकट भएको देखिन्छ । यदि रेशम ले देश र माटो प्रति ईमान्दार भएर बोले भने अझै धेरै कुरा खुल्ने छ । उनी निर्दोष हुन भने आफू जेलमा बसेर अरुलाई बचाई राख्ने काम किन गरे भन्ने सवाल रहस्यमय रुपमा उदघाटित हुदै जाने संभावना छ ।

रेशम चौधरी लाई तिनै तहको अदालतले जन्म कैदको फैसला के को आधारमा गरेको हो त्यो समेत शंकाको घेरामा पर्दछ यदि रेशमले भने झै त्यो घटनाका असली पात्र को चेहरा को नकाब उत्रियो भने । उनको अभिव्याक्तिमा त्यो रहस्यको अदृष्य चित्र देखिएको थियो । यदि अदृष्य शक्तिको हात टिकापुर घटनामा छ भने त्यसको मतियार को हो त भन्ने सवाल खडा भएको छ । रेशम ले यस अघि देखि नै सामाजिक सदभाव को कुरा गर्दै आएका छन । उनका कुराहरुमा विखण्डन र विद्धेषका कुनै शव्द पाईन्दैन । टिकापुर घटनालाई एउटा दुःखद दिनको रुपमा उल्लेख गरेका उनले आफू र कैलालीका थारु समुदाय माथि अन्याय भएको बताए । रशेम का वकिलले भने झै अफ्ताब आलमको को चिम्नी काण्डको जानकारी राख्ने प्रहरी अधिकृत लाई टिकापुर सरुवा गरेर तिनलाई सिद्धयाउने षडयन्त्रमा उक्त घट्ना जोडिएको थियो त ? या नेपाललाई डरलाग्दो जातिय हिंसाको चपेटामा होमेर संविधान जारी नगर्न भन्दा भन्दै नमानेका एमाले, कांग्रेस लगायतका दल माथि को बदला थियो ? विदेशी स्वार्थ सिद्धका लागि बनाईएको षडयन्त्र थियो भन्ने अनेक आशंकाका बीच उक्त घटना खुल्दै जान सक्छ ।

रेशम लाई बलिको बोको बनाएर खेल अर्कैले खेलेको हो भने रेशम को काधमा त्यो जिम्मेवारी पनि आगामी दिनले थोपर्ने छ । कहाँ कसरी राष्ट्रघात भएको थियो भन्ने या त उनी जान्दछन या त तत्कालिन सत्ताशिन दल र प्रतिपक्षका उपल्लो तहका नेताले जान्दछन । जनताले विश्वास गर्ने अदालत लाई हो त्यसमा पनि तिनै तहको अदालतले दोषी करार गरेका रशेम निश्कलंकित छन भनेर जनताले बुझ्ने कुरा हुदैन । यसर्थ उनलाई सरकारले आम माफी दिए पनि जनताले ज्यानमाराका रुपमा नै देख्नु स्वभाविक हो । अदालत ले समेत षडयन्त्रलाई बैधता दिएको हो भन्ने रेशमको तर्क हो भने त्यसलाई विस्तारै सतहमा उनले नै ल्याउन पर्दछ । पिडित लाई आफू दोषी होईन भन्ने उनले बुझाउ खोज्दै गर्दा असली अपराध गर्ने को हो भन्ने सार्वजनिक हुन जरुरी छ । त्यसो भयो भने रेशम ले तब मात्र जनताको मनबाट आम माफी पाउने छन ।

कैलाली का जनता ले जति धेरै अरुले टिकापुर घटनाको विषयमा जान्दैनन । उनीहरु त्यस घटनाका साक्षी पनि हुन र प्रत्यक्ष दर्शी पनि । उनीहरुले मत मार्फत दिएको बयान हेर्ने हो भने रेशम ले जेलमा बसेर चुनाव जित्नु नै एउटा बलियो तर्क हो उनी निर्दोष छन । उनलाई जनप्रतिनिधी हुन नदिए पछि पनि उनको संरक्षकत्व रहने गरी खोलिएको नागरिक उन्मुक्ति पार्टीको शानदार विजय अर्को प्रमाण हो । तर त्यहाँ भएको घटना सत्य हो । मान्छे त्यहाँ मारिएको कुरा सत्य हो । रेशम होईन भने अर्को को हो त ? यो प्रश्न ले रेशमलाई कहिल्यै छाडने छैन । उनले आफू निर्दोष छु भनेर मात्र पुग्दैन । त्यहाँका जनताको अभिमतले रेशम चौधरी लाई धेरै पहिले सफाई दिएकै हो । तर को हो त बास्तविक अपराधी त्यो नखुलाए सम्म रेशम ले शंकाको सुविधा त पाईरहलान तर जनताको मनबाट सफाई पाउदैनन ।

एमाले कार्यकर्ताहरुले रेशमको मुक्तिको विरोध गरेका छन तर एक पटक केपी ओली ले नै रेशमलाई थुनि रहनु पर्ने कारण छैन भनेको कुरा स्मरण गर्न जरुरी छ । सत्ता राजनितीको सौद्धाबाजी का लागि मात्र उनले त्यसबेला बोलेका हुन भने त्यो झनै गैह जिम्मेवार कुरा हो । पूर्व प्रधानमन्त्रीको हैसियतका नेताले त्यसरी हल्का टिप्पण गर्न पाईन्दैन । होईन भने सवै दलका शिर्ष तहका नेताहरु लाई बास्तविक अपराधी रेशम नभएर अरु नै कोही हो भन्ने थाहा हुन पर्दछ ।

रेशमको पटक पटक को अभिव्याक्ति र त्यहाँका जनताले भारी मत सहित उनको दललाई अनुमोदन गर्दैनथे भने सत्ताको सुरक्षा गर्न नपर्ने अवस्थामा अहिलेको सरकारले पनि रेशमको विषयलाई बेवास्ता गर्ने पक्का थियो । तर उनले आफ्नै तागतमा सरकारलाई आम माफी को द्धार बाट उन्मुक्ति हुने दवाव पर्याप्त बनाए । नत्र रेशम सधैभरी जेलमा हुने र टिकापुर घटना राम्ररी ढाकछोप हुने निश्चित थियो । र सदासर्वदा त्यसका दोषी उनी मात्रै हुने थिए । यस अर्थ मा उनको उन्मुक्तिले नयाँ नयाँ रहस्य खुल्दै जाने आशा पनि जगाएको छ । यहाँ घटनाको मुल बृती र प्रबृती एउटा र त्यसलाई ढाक छोप गर्न न्यायीक प्रकिया र सरकारको छानविन अर्कोतिर हुने गरेका प्रसस्तै उद्धाहरण छन टिकापुर को हालसम्म को प्रगति पनि त्यस्तै त्यस्तै हो ।

रशेम चौधरी सरकारको लाज छोप्न र जनताको आक्रोस रोक्न बनाईएका निमित्त खलनायक हुन भने त्यसलाई पर्दाफास गर्ने जिम्मा पनि ईतिहासले रेशमको काधमा थमाएको छ । तब मात्र पिडित परिवारले उनलाई माफी गर्नेछन । गणतन्त्रको साईत पारेर मात्र रेशम लाई छाड्न मिल्ने भएका ले एकथरी ले गणतन्त्रलाई कमजोर देखाउने एजेण्डा बनाउदैछन । तर यसलाई रेशम ले भने झै बास्तविक अपराधी मन्त्री भई सकेका वा ढुक्कले साधु सन्त महात्माको रुपमा हिडिरहेका छन भने रेशमको रिहाई खुशीको विषय बन्न पर्दछ । जेलमा बस्दा रेशमलाई जुन बेचैन थियो त्यो बैचेन अब उनले जनता माझ प्रस्तुत गर्न पर्दछ र टिकापुर काण्डको अपराधको दोश्रो अध्याय खुल्न पर्दछ । यसो हुन सको भने रेशम चौधरीको मुक्ति देशको आवश्यकता बन्नेछ । प्रमाणीत गर्ने नगर्ने अब उनको जिम्मा ।


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...