Friday 21st August 2026

सत्ता टिकाउन जन्म कैदको फैसला भएका चौधरी लाई जेल मुक्त गर्दै सरकार


गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना लाई जेल मुक्त गर्ने सरकारले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

संधिान घोषणा गर्ने क्रममा कैलालीको टिकापुरमा चौधरीको नेतृत्वमा एक हिंस्रक आन्दोलन हुदा बरिष्ट प्रहरी अधिकृत सहित ९ जनाको ज्यान गएको थियो सोही अपराधको हत्याअभियोगका मुख्या पात्र हुन चौधरी । उनलाई तिनै तहको अदालत ले जन्म कैदको सजाय सुनाए पछि प्रचण्ड सरकार टिकाउन चौधरी लाई मुक्त लागेका हुन । चौधरी ले विगतको प्रतिनिधी सभा निर्वाचनमा जेलमा रहेर नै चुनाव जितेका थिए । यसो त संसदिय राजनितीको गणीतमा जे पनि हुन सक्छ भन्ने कुरा नौलो होईन । विगतमा एमाले गठबन्धनको सरकार हुदा पनि चौधरीका माग सम्बोधन गर्न ओली सरकार तयार थियो । गणितले मागे पनि अपराध ले पनि राजनितीमा उन्मुक्ति पाउने अभ्यास नेपालका राजनैतिक दलहरुले शुरु गरेका छन ।

संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछन् ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...