Monday 5th October 2026

अर्का एक कुवेती पनि सगरमाथाको शिखरमा पुगे


अब्दुलराजाक अल मोजाल्हेमले मे १७, २०२३ मा सफलतापूर्वक माउन्ट एभरेष्ट शिखरमा पुगेका छन । उनी विश्वको सबैभन्दा अग्लो हिमाल आरोहण गर्ने दोस्रो कुवेती र नेपालतर्फको मोहडाबाट बाट आरोहण गर्ने पहिलो कुवेती बनेका हुन ।

कुवेती नागरिक, जाइद अल(रेफाई, सगरमाथा आरोहण गर्ने पहिलो अरबीक थिए । उनी कुवेती नागरिक हुन । साथै उनले विश्वका सात महादेशका सबै सातवटा अग्लो शिखरहरू चढ्ने ४६ औं व्यक्ति थिए। अल रेफाई अरबियन पर्वतारोहण र अल्पाइन क्लाइम्बिङ क्लबका निर्देशक हुन्, जुन मध्य पूर्वका मानिसहरूमा पर्वतारोहणलाई लोकप्रिय बनाउने प्रयासमा स्थापना गरिएको थियो। उनले त्यसताका हिमाल आरोहण नेपाल र तिव्वत को सिमाना बाट सन २००४ मा चढेका थिए ।

उनले हिमालको शिखरमा पुगेर कुवेत को झण्डा फहराएका थिए । उक्त झण्डामा कुवेतका राजाको फोटो थियो । यसरी नै सन २०१७ मा अरब महिला रेहा ले पनि सगरमाथा चढेकी थिईन । उनी दुवई बासिन्दा भए पनि उनको मुल थलो भने साउदी अरब को जेद्दाा हो ।

आज भोली नेपालका हिमालहरुले अरबीक मानिसहरुलाई पनि लोभ्याउन थालेको छ । पर्यटन प्रर्वद्धनका हिसावले यो उत्साहजनक खबर पनि हो ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...