Tuesday 8th September 2026

भारतमा विजेपी को पतनको श्रृंखला शुरु


भारतमा लामो समय शासन गरेको गान्धीको पार्टी केही बर्ष ओरालो लागेको थियो तर अब भने त्यहाँको कांग्रेस आई ले आफ्नो पूर्ववत विरासत फर्काउन कोशिष गर्ने देखिन्छ । आगामी बर्ष २०२४ को चुनावी नतिजा मादी को पिजेपीको विपक्षमा जाने संकेत कर्नाटक राज्य बाट शुरु भएको विश्लेषण शुरु भएको छ ।

कर्नाटक राज्यमा भएको विधान सभाको चुनावमा कांग्रेसले स्पष्ट बहुमत ल्याउने देखिएको छ । २२४ सिट रहेको रहेको विधान सभामा गन्ति भईसकेका क्षेत्र मध्ये ११४ मा जितिसकेको छ भने २२ सिटमा कांग्रेस अगाडी छ । त्यहाँ सरकार बनाउन का लागि ११४ सिट नै आफैमा बहुमत हो । नेपालको भन्दा दुई गुणा अर्थात ६ करोड जनसंख्या रहेको सो राज्य टेक्नोलोजिको हब का रुपमा रहेको छ ।

फूटाउ र राज गरको सिद्धान्त बाकेको विजेपी को नारा लाई त्यहाँ जनताले अस्वीकार गरिदिएका छन । लगभग ८० प्रतिशत हिन्दु १२ प्रतिशत मुश्लिम र २ प्रतिशत ईसाई रहे पनि कटटर हिन्दुबादी हुँ भन्ने बिजेपी लाई यो एउटा थप्पड हो । यस अघि केरला राज्यमा पनि विजेपी ले जनताको यस्तै थप्पड चाखिसकेको छ । समाचार अनुसार मोदी स्वयम कर्नाटकको चुनाव प्रचारमा सामेल भएर हनुमानको पुजा गर्दै त्यहाँका जनतालाई झुक्याउने कोशिष गरेका थिए ।

पछिल्ला ६ महिनामा मोदीको पार्टी कंग्रेससँग पराजित भएको यो दोस्रो राज्य हो। कांग्रेसका महासचिव जयराम रमेशले ‘जीविका र खाद्य सुरक्षा, मूल्यवृद्धि, किसानको समस्या, विद्युत् आपूर्ति, बेरोजगारी र भ्रष्टाचार’ जस्ता स्थानीय मुद्दामा चुनावी अभियान लडेकोमा पार्टीको जितको श्रेय दिए ।

“प्रधानमन्त्रीले विभाजनको सुई लगाउनुभयो र ध्रुवीकरणको प्रयास गर्नुभयो। कर्नाटकमा भोट बेंगलुरुको इन्जिनको लागि हो जसले आर्थिक वृद्धिलाई सामाजिक सद्भावसँग जोड्नेछ, ”रमेशले ट्विटरमा लेखे।

घृणाका बजारहरू बन्द भएका छन् र प्रेमका पसलहरू खुलेका छन्, कांग्रेस नेता राहुल गान्धीले नयाँ दिल्लीमा पार्टी मुख्यालयमा पत्रकारहरूलाई भने, जहाँ उनका खुशी समर्थकहरू र पार्टीका सदस्यहरूले पटाका फाटे र ड्रमको तालमा नाच्दै थिए।

विगतका दुई वर्षहरूमा, मोदीको पार्टीले कर्नाटकमा अधिकतम लाभ उठाउने प्रयास गरिरहेको थियो, जहाँ भाजपा नेताहरू र समर्थकहरूले केटीहरूलाई स्कूलको पोशाकको रूपमा हेडकार्फ लगाउन प्रतिबन्ध लगाएपछि बहुसंख्यक हिन्दू र अल्पसंख्यक मुस्लिमहरू बीचको साम्प्रदायिक ध्रुवीकरण गहिरो भएको छ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...