Monday 29th June 2026

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता -रचनात्मक प्रतिपक्षमा बस्ने


राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णय लिएको छ । आज उसले एक पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी दिएको हो । अस्थिरता होस भन्ने मनशाय नभएर नै तुरुन्तै सरकारलाई दिएको समर्थन फिर्ता नगरेको तर अहिले आएर सरकारको गतिविधी देखेर समर्थन गरिरहनुको औचित्य नरहेको बताएको छ ।

सभापति लामिछानेलाई सोधिएको एक प्रश्नमा उनले भने हामीले सरकारमा जान पाउ भनेर कुनै कोशिष नगरेको बरु बर्तमान सत्ताले पूर्ववत मन्त्रालय दिएर सरकारमा सामेल हुन आव्हान गरेको बताएका थिए । हामीले पहिले सरकारमा रहदा गरेका केही प्रतिबद्धताहरु यो सरकार बनेपछि हटेका र तिनलाई पुन लागु गर्ने कुनै प्रतिबद्धता समेत नआएको अवस्थामा सरकारमा जाने भन्ने कुरै आएन । उनले जोड दिदै भने आम मतदाता र शुभ चिन्तकको चाहाना पनि हामीलाई बलियो र रचनात्मक प्रतिपक्ष भएको हेर्ने रहर छ त्यसलाई हामीले कदर गर्नु पर्दछ भन्ने लागेको बताए ।

अर्को गठबन्धन बनाउने कुराका सम्बन्धमा सोधिएको एक प्रश्नमा रास्वपा सभापतिले भने यो सरकार बनाउने र विर्गाने खेलमा हामी छैनौ तर यसो भनिरहदा यो सरकारले जनता र राष्ट्रको अहितमा अघि बढदै गएमा राजनैतिक दल हुनुको हैसियतले आफ्नो भूमिका खोज्ने नै छौ ।

सिद्धान्त र बादका विषयमा रास्वपाको के हो लाईन भन्ने एक अर्को प्रश्नमा उनले भने संविधान र कानूनमा समेटिएका नितिगत र कानूनी कामहरुलाई ईमान्दारिताका साथ लागु गर्नु पर्छ भन्ने हाम्रो मुल मान्यता हो । हामीले धेरै पहिले देखि भन्दै आएका छौ यो व्यवस्थामा हामी प्रतिबद्ध छौं । अवस्था यहि भित्रबाट फेर्न सकिन्छ भन्ने हो उनले भने । प्रदेश संरचनामा भने आफ्नो दलका केही रिर्जभेजन रहेकोले त्यसलाई हामी खुल्ला बहसमा लगेर निर्णय लिने छौ । लामिछानेले प्रदेशलाई कार्यकर्ता व्यवस्थापन गर्ने थलो बनाएको समेत आरोप लगाए । कुन बेला को मुख्य मन्त्री र मन्त्री बन्छ भनेर मानिसलाई थाहा समेत हुन छाडेको भन्ने उनको भनाई थियो ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...