Monday 5th October 2026

नेल्टा झापाले गर्नै पर्ने अर्को काम


तोयानाथ उपेक्षित, दाहाल,
अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापा शाखा देशभरी नै उत्कृष्ट घोषित भए पछि यसले २ लाख राशीको पुरस्कार समेत प्राप्त गरेको धेरै भएको छैन । उक्त राशी को पुरस्कार लाई नेल्टा झापा ले के गर्दछ होला भन्ने कौतुहलता त्यस क्षेत्रका सरोकारवालाहरुको चासो को बिषय थियो तर शाखाले उक्त खुलदुली तुरुन्तै शान्त पार्ने काम गरर्यो ।

समाचार अनुसार शैक्षिक क्षेत्रमा राम्रो काम गरेर प्राप्त गरेको रकम अझ राम्रो काम गर्न का लागि खर्च गर्ने निर्णय गरेर देखाई दिएको छ । शाखाका अध्यक्षका अनुसार नेल्टा झापाले शैक्षिक गुणस्त लाइ अझै अभिबृद्धी गर्न का लागि यस भेगका प्रध्यानध्यापकहरुको तालिम मा खर्च गर्ने भएको छ । यसो गर्दा विधाल धायसञ्चालनको जिम्मा लिने मुल व्याक्ति जति धेरै व्यवशायीक बन्छ त्यति त्यसले आफ्नो ज्ञान र शिप लाई विधालयको शैक्षिक स्तर अभिबृद्धीका लागि खर्चिन्छ र त्यो प्रभावकारी हुन्छ भन्ने निश्कर्षमा पुगेको देखिन्छ । प्रधानध्यापक हेड मास्टर मात्र होईन उ प्रशासक समेत हो । उ त्यस विद्यालयको लागि विधायक पनि हो भन्ने मान्यताले त्यसो गर्न लागिएको देखिन्छ ।

पेशागत दक्षता अभिबृद्धीका लागि त्यसो त उक्त शाखा ले कुनै प्रकारको धनराशी नभएको अवस्थामा पनि गर्दै आएको र त्यहि प्रयास ले उसलाई नेपालमै उत्कृष्ट शाखा बनाएको जगजाहेर नै छ । तालिममा झापा जिल्लाका करिब ४० जना प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको सहभागी हुने आयोजक नेल्टा झापाले जनाएको छ । तालिमलाई त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्राध्यपक डा। शिवराम पाण्डे र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेल्टा कि केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानले सहजिकरण गर्ने भएका छन् । वैशाख २२ गतेदेखि २४ गतेसम्म बिर्तामोड उक्त तालिम सञ्चालन हुने भएको हो ।

अब तालिम ले मात्र पर्याप्त हुदैन । झापा शाखा ले अंग्रेजी भाषाको लागि विद्यालयहरुलाई निजी विद्यालयहरुको तुलनामा उकास्नका लागि अंग्रेजी भाषा का पाठयक्रमहरु थप्ने, अग्रेजी शिक्षकहरुको क्षमता जाँच गर्ने, उनीहरुको व्यवशायीक योग्यताका लागि तालिम दिने, नयाँ नयाँ शैक्षिक अध्यापन विधी को विकाश गर्ने र उनीहरुको मूल्याकंन र प्रोत्साहनका लागि मापदण्ड निर्धारण गर्ने जस्ता कार्य हुन जरुरी छ । यसका लागि नेपाल सरकार तथा जिल्ला शिक्षा कार्यालय लाई घचघच्याउने, उनीहरुसँग सहकार्य गर्ने, दुवै को समन्वयमा शैक्षिक क्यालेण्डर बनाउने र विधालय व्यवस्थापन समितीहरुलाई गुणस्तरिय शिक्षाका लागि कसरी अग्रसर बनाउने भन्नेमा नयाँ कार्ययोजना प्रस्तुत गरेर अघि बढन पनि जरुरी छ । यसो गर्न सकियो भने शिक्षा क्षेत्रको व्यपारिकरणलाई रोक्न र निम्न बर्गका मानिसका छोराछोरीहरुलाई पनि सक्षम र सवल बनाउन मद्दत पुग्नेछ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...