Wednesday 29th July 2026

अन्तराष्ट्रिय खेल हुने आर्गेनिक क्रिकेट स्टुडियम संसारमा अन्त कतै होला ?


तोयानाथ उपेक्षित, दाहाल
क्रिकेट हेर्न टिकट मात्र काटेर भएन, मानिसहरुले चाईनिज छाता पनि किन्न बाध्य हुन परर्यो । खेल हेर्ने रहर र खेलाडीमा प्रदान गर्ने हौसला बोकेर किर्तिपुर क्रिकेट मैदानमा जान लागेका दर्शकहरुले आकाशको अवस्था हेरेर छाता खरिद गरे । नभन्दै बर्षात शुरु भयो, सवैका छाँता खुले । खेल रोकियो तर छाता निभेनन , कसैले मैदान छाड्ने छेक छन्द नै देखाएनन । पुन पानी रोकियो र खेल शुरु भयो ।

तर पनि दर्शकहरु औधि खुशी थिए । उनीहरुको अपेक्षा अनुकुल नै खेलाडीहरुले मैदान भरी बल लाई बाहिर जान नदिन घेराबन्दि गरे । बलर ले उसरी नै धुम मच्चाए । युएईका महसुर व्याटसम्यानहरु एक पछि अर्को ढल्दै गए । करण केसी ले ७ ओभर बल फाल्दै २ वीकेट, सोमपाल कामीले ७ ओभर मा १ वीकेट, ललित राजबंशिले ४ दशमलब ३ ओभर मा ३ वीकेट, सन्दिप लामिछाने ले ७ ओभरमा २ वीकेट र गुल्सन झा ले २ ओभर फालेर १ वीकेट गरि ९ वीकेट लिई सकेका थिए । युएई सँग १ वीकेट जोगाएर खेल्न पर्ने र त्यो पछिल्ला क्रमका व्याटसम्यान बाट धेरै अपेक्षा गर्ने अवस्था नै थिएन तर मौसम फेरी गर्जियो र अकाश बर्षियो । ५० ओभरको खेलमा २७ दशमलब ३ ओभर मात्र खेल भएको थियो । रन का हिसावले युएई ले भेला पारेको १०६ रन कमजोर स्कोर हुदै होईन तर वीकेट को यात्रा समाप्त हुन लागेकोले कुनै पनि बेला पहिलो पारी सकिनेवाला थियो । यहाँ सम्म की युएई ले ३० ओभर सम्म पनि खेल्छ भन्न सकिने अवस्था होईन ।

नेपाल ले ओडीआई खेल खेलाउन बल्लबल्ल मान्यता पाएको मुलपानी क्रिकेट मैदान समेत गरेर दुई वटा मैदान छन । दुवैमा एषियन कप छनौट खेल भईरहेको छ । खेल जसोतसो फाईनल मा पुगेको अवस्था हो । आयोजक नेपाल र चिरपरिचित प्रतिद्धन्द्धी युएई को यो भिडन्तमा कस्ले बाजी मार्ने हो थाहा छैन तर अब नेपाल भने एक हिसावले ढुक्क छ । १०६ बढेर १५० नै भएछ भने पनि नेपालले त्यो लक्ष्य सजिलै भेटटाउन सक्छ भन्नेमा सवै ढुक्क छन तर खेलमा केही कुराको ग्यारेन्टी भने हुदैन । बर्षाले रोकिएको खेल भोली जहाँबाट रोकियो त्यहीबाट शुरु हुने कुरा छ ।

नेपालमा अनेकौ भ्युटावर बने र बनाईन्दैछन तर एउटा गतिलो क्रिकेट मैदानका लागि बजेट छुटटीएको पाईन्दैन । खेलाडीहरुका लागि सेवा सुविधाको त झन कुनै नगरौ । विदेशमा खेल जितेर नेपाली खेलाडी आउदा केही रकम फालेर राजनैतिक स्टन्ट गर्ने गरिन्छ । यो सवै देखेका नेपालीहरु फेरी पनि यस्ता काम र कुराका लागि न त कसैले धर्ना बस्न जान्छ नत नारा जुलुस नै गर्दछ । बल्ल तल्ल जागेका धुर्मुस को समेत साँस्कृतिक जीवन नै समाप्त पार्ने गरी हतोतसाहित पार्ने काममा धेरै लागे । उनले थालेको एउटा गतिलो स्टुडियम अधुरो छ । कमसेकम उनको कामलाई निरन्तरता दिई रहेको हुन्थ्यो भने अहिले त्यहाँ व्याटहरु चम्किरहेका हुने थिए । क्रिकेटका हस्ती राष्ट्र भारत र पाकिस्तानलाई मध्यस्तता गराउने ठाउँ हुने थियो तर यो हुन सकेको छैन ।

किर्तिपुर मैदानमा आज अर्को अन्तराष्ट्रिय समाचारको विषय बन्यो छाँता, यो सरकारलाई लज्जा हुन पर्ने हो । दर्शकको क्रेजलाई छाँताले उजागर गरेको कुरा सुन्दा राम्रै लागे पनि बर्षाले आर्गेनिक स्टुडियम भिजे पछि खेल भएको भए ती दर्शकहरुले घण्टौ सम्म उभिएर नै खेल हेर्न पर्ने थियो बस्यो त हिलो लाग्ने । नत्र त्यहि छाता ओछयाउनु पर्ने बाध्यता हुन्थ्यो, धन्य भोली एक दिन लाई रिर्जभ समय भएका ले खेल सरर्यो ।

बहुदलका ३४ बर्षमा बनेका दर्शनौ सरकारको नकाब भने खोई किन हो कसैले उतार्दैनन । किर्तिपुर मैदान होस वा मुलपानी त्यहाँ कुनै नेताहरुलाई पनि प्रवेश निषेधको कार्यक्रम जनस्तरबाट चलाउनु पर्ने दिन आएका छन यो काम चाडै हुनेछ । बाँदरले झै रुखमा चढेर, धुलो र हिलोमा बसेर अन्तराष्ट्रिय खेलहरु हेर्न पर्ने मैदान संसारको अरु कुन देशमा होला ?

नेपालले खेल क्षेत्रमा आशलाग्दो प्रगति क्रिकेटमा गरिरहेको छ । आज भन्दा १० बर्ष पहिले क्रिकेटमा मानिसहरुको खासै क्रेज पनि थिएन । सवैको आर्कषण फुटबल मै थियो तर अहिले फूटबल जतिकै महत्व दिएर दर्शक क्रिकेट मैदानमा आउन थालेका छन ।

फाइनलमा पानी परेर पूरै ओभर खेल्न नसक्ने अवस्था भएमा सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि खेल्ने अवस्था नरहे ओडीआई वरीयतामा यूएईभन्दा अघि रहेको नेपालले एसिया कपमा स्थान बनाउनेछ । नेपाल वरीयताको १४औं स्थानमा छ भने यूएई, नेपालभन्दा ५ स्थान तल छ ।

उपाधि जित्ने टोलीले, एसिया कपमा सिधै भारत र पाकिस्तान रहेको समूह–ए मा स्थान बनाउनेछ । समूह–बी मा श्रीलंका, अफ्गानिस्तान र बंगलादेश छन् । दुवै समूहमा शीर्ष दुईमा रहने दुई टोलीले सुपर फोरमा स्थान बनाउने छन् । सुपर फोरमा पनि शीर्ष स्थानमा रहने टोलीले उपाधिका लागि भिड्नेछन् । एसीसी एसिया कपको १३औँ संस्करण आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...