Sunday 17th May 2026

तमू समाज कुवेतद्वारा आयोजित “सातौ रक्तदान” कार्यक्रम सम्पन्न, १०३ जनाले रक्तदान गरे


कुबेत -“रगतदान जीवनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो २८अप्रिल २०२३ मा आयोजना गरेको सातौ वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो भने १०३ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए।

तमू समाज, कुवेतका अध्यक्ष राजु गुरुङको अध्यक्ष्यतामा सम्पन्न औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत सुजनी राना हुनुहुन्थ्यो भने कार्यक्रममा बिशेष अतिथीहरु नेपाली राजदुतावासका पदाधिकारीहरु, सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा. अयत ओस्समा, गैर आवासीय नेपाली संघ समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ हुनुहुन्थ्यो । कार्यक्रममा नेपालीदुतावास परिवार कुवेतका बिभिन्न संघ सस्थाका प्रतिनिधीहरु, पत्रकारहरु तथा स्वंयम सेवी रक्तदाताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

अपरान्ह दुई बजेदेखि शुरु भएको उक्त कार्यक्रमलाई कार्यक्रमका अध्यक्ष्य, प्रमुख अतिथी, बिशेष अतिथीहरुद्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि कार्यवाहक राजदूत सुजनी रानाले रक्तदानको महत्वलाई प्रस्ट पार्दै यस मानिवय कार्यमा सहभागी सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिदै यस्तो पवित्र कार्य आयोजना गरेकोमा आयोजक तमू समाज, कुवेतको खुलेर प्रसंशा गर्नु भएको थियो । शुभकामना मन्तब्यकै क्रममा ब्लड बैंकका प्रतिनिधि (डा. अयत ओस्समा) ले जीवनमा रक्तदान भन्दा राम्रो कार्य अरु नहुने बदाउदै सम्पूर्ण राक्तदाताहरुलाई खुलेर स्वागत गर्नु भएको थियो । त्यसै गरी नेपाली दूतावासका प्रथम सचिव-प्रेम राज गौतम, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामाले आयोजक लगायत सम्पूर्ण रक्तदाताहरुलाई शुभकामना प्रदान गर्नु भएको थियो ।

समाजका बरीष्ठ सल्लाहकार खोप गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष राजु गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरु माझ सचेतना जगाउदै यस्ता मानविय कार्यमा उत्प्रेरणा जगाउन तमू समाज हरदम लागि परेको प्रस्ट्याउदै उक्त सातौ वृहत रक्तदान कार्यमा सहयोग गर्नुहुने नेपाली राजदूतावास,नेपाली सघ-संस्था, बुद्धीजिबी एवं पत्रकार लगायता सम्पूर्ण रक्तदाता दाजुभाइ दिदीबहिनीहरु सबैलाईलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...