Friday 19th April 2024

फ्लाई दुबईको विमान दुबईमा सुरक्षित अवतरण


तीतोपाटी- त्रिभुवन विमानस्थल काठमाडौंबाट उडेको फ्लाई दुबईको बोइङ ७२७–८ केएन विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ।काठमाडौंबाट राती ९ बजेर २१ मिनेटमा उडेको जहाजमा उडेको ३० सकेन्डमै बायाँतर्फको इन्जिनमा आगलागी भएको थियो।

त्यसपछि आकाशमै फन्को मारिरहेको विमान धादिङको धार्केमाथि १० मिनेट होल्ड गरिएको थियो। आकस्मिक अवतरणका लागि विमानस्थल तयारी अवस्थामा रहे पनि पाइलटले विमानको इन्जिन सामान्य अवस्थामा आएको खबर गरेर नियमित उडानको अनुमति मागेको थिए। फ्लाई दुबईले भने चरा ठोक्किएको दाबी गरेको छ।


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...