Wednesday 7th October 2026

वाग्लेले १५ हजार मत कटाए


पछिल्लो मत परिणाम अनुसार तनहुँमा नेपाली कांग्रेस र एमाले बीचमा को दोश्रो हुने भन्नेमा प्रतिस्पर्दा छ । रास्वपा का उमेद्धार स्वर्णिम वाग्ले ले भने प्रतिस्पर्दी विनाको मत पाईरहेका छन ।

स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । वाग्लेले १५ हजार १३५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्धन्द्धी गोबिन्द भट्टराईले ८ हजार ७३४ मत पाएका छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन् । मतगणनाको सुरुवाती चरणदेखि नै वाग्लेले अग्रता कायम राखिरहेका छन् ।

दश दलिय गठबन्धनको लज्जास्पद प्रतिस्पर्दा देखिए पनि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ले ठुला दलहरु प्रति जनताको रुझान नरहेको स्वीकार गरेका छन ।

पछिल्लो समाचार अनुसार बारा र चितवनमा पनि मतगणना शुरु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार सानो मत अन्तरमा बारामा उपेन्द्र अगाडी र विशला मत अन्तरको छनक दिने गरी चितवनमा लामिछाने अगाडी बढेका छन ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...