Wednesday 7th October 2026

विराटनगरमा गोली चल्यो तीन प्रहरी घाईते


पहिचानबादी आन्दोलनको क्रममा विराटनगरमा आज गोली चलेको छ । तर प्रहरीले अश्रुग्यास प्रहार गरेको गोली नचलाएको बताएको छ । आन्दोलनकारीले भने प्रहरीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेको भन्दै तीन जना प्रहरी घाईते भएको जनाएको छ ।

अहिले पनि विराटनगरको अवस्था तनावग्रस्त रहेको र दोहरो भिडन्त चलिरहेको समाचार छ । पहिचानवादी आन्दोलनमा मारिएका स्व युवा लाजेहांग को आज मोरंगको बेलबारीमा दाहासस्कार गरिएको थियो । र बेलावारीमा समेत झडप भएको समाचार छ । हालसम्म प्रहरीले दर्जनौ सेल अश्रुग्यास आन्दोलनकारी माथि प्रहार गरिरहेको छ भने आन्दोलनकारीले पनि ढुंगामुडा गरिरहेका छन ।

प्रदेशको नामाकरण कोशी राखिएको विरोधमा क्षेत्र नम्बर एक विगत लामो समयदेखि आन्दोलनरत छ । प्राप्त पछिल्लो समाचार अनुसार बेलबारीमा दाहासँस्कार गर्ने भनिए पनि आन्दोलनकारी ले मृतकको शव विराटनगर ल्याउने भए पछि तनाव शुरु भएको हो ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...