Wednesday 7th October 2026

यौनसम्पर्कलाई लिएर झगडा -ईनारमा हाम फालेकी श्रीमति लाई बचाए र हत्या गरे


भारतको छत्तिसगढ राज्यमा एक अनौठो घटना को समाचार आएको छ जस अनुसार झगडा को कारण यौन सम्र्पक गर्न श्रीमति ले नमानेको हो । रिपोर्टका अनुसार यी दुईबीच शारीरिक सम्बन्धलाई लिएर झगडा भएको थियो । श्रीमतीले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरिन् । तर श्रीमान मानेनन् । त्यसपछि महिलाले इनारमा हाम फालिन् । केही समयपछि श्रीमानले महिलालाई इनारबाट निकालेर हत्या गरे ।

घटना छत्तीसगढको जशपुर जिल्लाको हो। इन्डिया टुडेमा प्रकाशित रिपोर्टका अनुसार शंकर राम र उनकी श्रीमती आशा बाईले अप्रिल १० को राती मदिरा सेवन गरेका थिए । त्यसपछि दुवै सुत्न गए । पछि शंकरले आफ्नी श्रीमतीलाई शारीरिक सम्बन्ध राख्न भने । जसमा आशाले अस्वीकार गरिन् र दुवैबीच विवाद भयो । दुबैको झगडा यति बढ्यो कि आशाले नजिकैको इनारमा हाम फालिन् । यसैबीच शंकर पनि पछाडिबाट इनारमा हाम फाले ।

शव नजिकै बसेका अभियुक्त
केही समयपछि शंकरले श्रीमतीलाई इनारबाट निकाले । त्यसपछि दुवैबीच फेरि विवाद भयो । शंकरले आशाको गोप्य भागमा आक्रमण गरी हत्या गरे । रिपोर्टका अनुसार उनी रातभर आफ्नी श्रीमतीको शव छेउमा बसेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल पुगेर प्रहरीले शंकरलाई पक्राउ गरेको थियो ।

यसअघि गत जनवरीमा छत्तीसगढको बिलासपुर जिल्लामा १८ वर्षीय युवकले आफ्नी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि उनले शवलाई पाँच टुक्रा पारेर पानीको ट्याङ्कीमा फालिदिए । घटनामा कारबाही गर्दा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार आरोपी युवकलाई आफ्नी श्रीमतीको अरु कसैसँग अफेयर रहेको आशंका थियो । त्यसैले उनले श्रीमतीको हत्या गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...