Friday 4th September 2026

विकाश विरोधी वडाध्यक्षको राजीनामा माग


स्थानीय तहको विकास निर्माणमा मेयर र वडा अध्यक्ष विच अवरोधको सामना वेलावेलामा हुने गर्दछ । यस्तैमा धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन ।

स्थानीय तहको वैठक,छलफलमा सहभागी नभई अन्यत्र घुमफिर गर्ने प्रवृत्ति वढेको वेलामा मेयर राईले भने बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिनु पर्ने जिकिर गरे । सामाजिक सञ्जालमा उनले धराने जनतालाई आव्हान गर्दै आफ्नो वडाध्यक्ष फेर्न का लागि दवाव दिन अनुरोध गरेका छन ।

मेयर हर्कले सामाजिक सञ्जालमा लेखेका छन् -“धराने जनता हो, तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु ! म प्रक्रिया मिलाउन सघाउँछु ! अनि उप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ”

विश्वका लागि एक उदाहरणीय काम गर्दै आएका मेयर साँम्पांग लाई असफल पार्ने धरानका वडाध्यक्षहरु विकाश विरोधी हुन भनेर भन्न केही असहज छैन । धराने जनताले त्यस्ता वडाध्यक्षलाई तुरुन्त राजीनामा गर्न बाध्य पार्ने र तीनका ठाउँमा अन्य कोही स्वतन्त्र उमेद्धार जिताएर मेयर लाई काम गर्ने बातावरण सुजना गर्नु पर्ने देखिन्छ । करोडौ रकम दान लिएर र श्रम दान जुटाएर काम गर्ने मेयर का विरुद्ध लाग्दा धरानको विकाश पछि पर्ने भन्दै स्थानियहरु वडाध्यक्ष विरुद्ध सडक मा ओर्लने तयारीमा रहेको समाचार समेत आउन थालेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...