Wednesday 7th October 2026

जापानी प्रधानमन्त्री लक्षित स्मोक बम विस्पोट


चुनावी दौरानका क्रममा आज जापानी प्रधानमन्त्री फुमियो किशिदा लाई लक्षित गरेर एउटा स्मोक बम प्रहार भएको छ । तर उक्त बम विस्पोट बाट कुनै मानविय क्षति नभए पनि सभा विथोलिएको र प्रधानमन्त्री लाई सुरक्षित बाहिर निकालिएको समाचार BBCले प्रसारण गरेको छ ।

धुवा बम प्रहार गर्ने व्याक्तिलाई प्रहरीले नियन्त्रण मा लिएको छ । प्रधानमन्त्री किशिदाको लिबरल डेमोक्र्याटिक पार्टीका सदस्य हिरोशी मोरियामाले भने लोकतन्त्रको जग खडा गर्ने चुनावी अभियानको बीचमा यस्तो घटना भएको हुनु खेदजनक छ। यो अक्षम्य अत्याचार हो।

जापानमा हिंसात्मक हमलाहरू अत्यन्तै दुर्लभ छन्। तर गत वर्ष चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएपछि राजनीतिज्ञहरूमा सुरक्षाको चिन्ता छ।


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...