Tuesday 8th September 2026

नेपालमा पनी अरेबिका कफीको क्रेज बढ्दो


बसन्त थापा-

नेपालको कफी उत्पादन प्रति विदेशका फुड ब्लॉगर र मिडियाले पनी यसरी चासो राखीनु यसलाई सुखद समाचार भन्न सकिन्छ।

आजकल नेपाली कफीको क्रेजले सारा विश्वलाई तानिरहेको छ। यसको असर नेपालले कफी निकासीबाट प्रशस्त नाफा कमाउने अवसर पाइरहेको छ।

यो कफी भन्न साथ मेरो लागी नभइ नहुने ब्लॉक कफी चाहे त्यो  स्पेशलिटी होस वा एस्प्रेसो अमेरिकानो, नै किन नहोस एक प्रकारको नमीठो लत लागेको छ। एकबिहान यदी कफी पिउन पाइन भने दिमाग हैंग ओभर  भएर आउन्छ।कसैले त कफीलाई फैशनको रूपमा पनी पिउने गर्दछन।

ऐतिहासिक रूपमा चिया पिउने नेपालीहरुमा केही वर्ष यता कफीको लत निरन्तर बढिरहेको ।म आफु पनी लामो समयदेखी कुवेतका विभिन्न कफी रेष्टूरेण्टमा कार्यरत रहेकोले कफी प्रति निकै चासोराख्ने गरेको छु।

झण्डै एक दशक लामो बारिस्ताको अनुभव रहेको आफूले पनी नेपालमा कफीबाट मनज्ञ कमाई गर्न सकीन्छ भनेर एक वर्ष अघी नेपाल फ़र्क़ीएको थिए। दुर्भाग्य गलत समय परिस्थितिका कारण सफल हुन सकिन तर पनी अबको केही वर्षमा भने नेपालले अरबिका कफीको खेतीबाट ठुलो आमदानी हासिल गर्ने छ। नेपालले अबको देखी वर्षमा कफीको खेतीले निकै ठुलो फड़को मार्ने  बिस्वास लिएको छु। कुवेतका ठुला होटल देखी साना रेष्टूरेण्टमा सन २०१६/१७ सम्म  फ़िलीपीन्सका नागरिकहरुले भरिएको हुन्थ्यो हामी नेपालीलाई अवसर  कम मात्रमा थियो तर अहिले त्यसको ठिक उल्टो देखीन्छ। मैले देखे बुझे अनुसार नेपालीहरुको काम गर्ने शैलीले गर्दा यहाँका धेरै जसो होटलहरुले नेपालीलाई नै ल्याउन चाहान्छन।केही समय यता कुवेतका ७० प्रतिशतः रेष्टूरेण्टहरुमा काम गर्ने नेपाली बारिस्ताहरु रहेको देख्न सकीन्छ। यस कारणले पनी सहजै अनुमान गर्न सकीन्छ कि अबको केही वर्ष पछी नेपाल कफी उत्पादनमा मात्रै नभएर, कफी मेकरमा संगै घरेलु कफी प्रवर्द्धन गर्न मद्दतमा ठुलो भूमिका रहने छ।

आगामी वर्षमा कुवेतमा कार्यरत नेपाली बारिस्ताहरुले कफी सम्बन्धी राम्रो अनुभव लिएर  नेपालमा अझ धेरै महत्वपूर्ण भूमिका निर्भाह गर्ने विश्वास लिएको छु। त्यसको लागी सरकारको तर्फबाट पनी अतिआवश्यक काम कार्यमा सहजीकरण गरिनु पर्छ।मैले जाने बुझे अनुसार कुवेतमा ठुलो संख्यामारहेका नेपाली बारिस्ताहरुको आगामी यात्रा भविष्यमा नेपालमै रहेर सिपको सदुपयोग गर्ने रहेको छ।कुवेतको सिपले पर्यटन क्षेत्रमा पनी ठुलो टेवा पुग्ने देखीन्छ।

मैले नेपाल बस्दै गर्दा देखेको नेपालमा थप विशेष कफी रेष्टूरेण्ट, यो सम्बन्धी दिइने शिक्षा सुविधाहरू खोलिएका छन तर स्पेशलिटी कफी भने एकदम कम मात्रमा पाइने गर्दछ। जसमा भी ६०,कोल्ड ड्रिप, किमिक्स,एरो प्रेस,लगात पाइने गर्दछ।त्यसो स्पेशलिटी कफीमा अरु धेरै प्रकारका कफी बनाउन सकीन्छ 

अन्य देशको तुलनामा नेपाल कफी उत्पादन क्षेत्रमा अझै पनि धेरै पछाडी छ। नेपालमा केही वर्ष अघीदेखी मात्र व्यावसायिक स्तरमा कफी उत्पादन भएको देखीन्छ।र अन्य देशमा जस्तै अरेबिका कफी उत्पादन पनि बढ्न सक्ने सम्भावना छ। केही दिन अघी विदेशी मिडियाले नेपालको कफीको बारे लेखीएको आर्टिकलले निकै खुसी बनायो। उक्त आर्टिकलमा नेपालको विश्वकै कफीमध्य राम्रोरहेको बताउदै नेपालले कफीको खेतीबाट ठुलो आमदानी लिन सक्ने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...