Monday 14th September 2026

इन्डोनेसियामा मुसलधारे वर्षापछि पहिरो जाँदा १५ जनाको मृत्यु, दर्जनाै बेपत्ता


इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी १५ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता अब्दुल मुहारीलाइ उधृत गर्दै रिउ टापुमा १५ जनाको मृत्यु भएको र अन्य ५० जना हराइरहेको सीएनएनले जनाएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन निकायले उपलब्ध गराएको तस्वीरमा बोर्नियो र मलेसियाको मुख्य भूमिको बीचमा पर्ने सेरासान टापुको भिरको किनारानजिक रहेका घरहरू पहिरोबाट खसेको माटो र भग्नावशेषले पूर्ण रूपमा पुरिएका छन् ।

रिउ टापुको विपद् व्यवस्थापन निकायले प्रभावित क्षेत्रमा सञ्चार सञ्जाल काटिएको र पछिल्लो जानकारी प्राप्त गर्न कठिन भएको छ ।


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...