Sunday 26th July 2026

रेडक्रस पाल्पा शाखाको सभापतिमा पुष्कर रेग्मीको उम्मेदवारी


नारायण कोइराला – नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको यही फागुन १९ गते हुन गइरहेको अधिवेशनमा रेडक्रसकर्मी पुष्कर राज रेग्मीले जिल्ला सभापति पदका लागि उम्मेदवारी दिने बताएका छन् । बिगतमा सभापति पदमा र अरू सबै सदस्य पदमा निर्वाचित भईसकेपछि सभापतिले पदाधिकारीको कार्यविभाजन गर्ने व्यवस्था थियो । अघिल्लो अधिवेशनदेखि सबै पदका लागि खुला उम्मेदवारी दिन पाउने प्रावधान रहेको छ । यसर्थ सभापति सबै पदका लागि निर्वाचन हुने मिति तय भईसकेको छ ।

पुष्कर राज रेग्मी कक्षा ७ मा अध्ययनरत छदादेखिनै २०३९ सालदेखिनै रेडक्रस अभियानमा लागेका स्वयंसेवक हुन। बिधालयमा जुरेस सदस्य , शिक्षक नायक हुँदै क्याम्पसमा समेत शिक्षक नायकको भूमिका निर्वाह गरि हाल तानसेन बहुमुखी क्याम्पस युवा रेडक्रस सर्कलका संरक्षक समेत रहेका छन् । यस्का साथै रेग्मी रेडक्रस सम्बन्धि दर्जनौ तालिम लिनुका साथै दर्जनौ तालिम समेत दिएका छन् । रेडक्रस अभियान, दैवीप्रकोप व्यवस्थापन र सडक नाटकको लागि यिनी रेडक्रसका प्रशिक्षक हुन् । प्राथमिक उपचारको क्षेत्रमा यिनी राष्ट्रिय स्तरकै प्रशिक्षक भइसकेका हुन र प्रशिक्षण प्रशिक्षक तालिममा रेग्मीले सर्वोकृष्ट स्थान हासिल गरेका थिए ।

रेडक्रसको मर्म र धर्मलाई गहिरिएर बुझेका रेग्मीले रेडक्रसमा निस्वार्थ कर्म गरेका छन् । रेडक्रस श्रीनगर उपशाखाका संस्थापक सचिव र सभापति समेत रहेका रेग्मीले पाल्पा शाखामा दुइकार्यकालसम्म उपकोषाध्उक्ष जस्तो गरिमामय पदमा रही कार्यसम्पादन गरिसकेका छन् । अाफू शिक्षक नायक रहदा ३/३ पटक सम्म जिल्ला स्तरीय युजुरेस ग‍‍ोष्ठी संचालन गरिसकेका रेग्मीले रेडक्रस पाल्पाको लागि सम्पादक भई ८ अंकसम्म वुलेटिन प्रकाशन गरेका थिए । पाल्पा शाखाले स्मारिका प्रकाशन गर्नु अघिनै श्रीनगर उपशाखाबाट स्मारिका प्रकाशन गरि रेडक्रस गतिविधिहरूलाई दस्तावेजीकरण गरेका थिए ।

म सेवा गर्छु भन्ने रेडक्रसको मूल मन्त्र जप्दै रेग्मीले अाफ्नो जिम्मेवारीमन रहेको सम्पूर्ण कार्य फत्ते गर्दै अाएका छन् । हामी सँग कुरा गर्दै रेग्मीले भनेका छन् – बिगतमा रेडक्रसमा क्रमभंग भइसकेको छ । यसैले रेडक्रसमा सिनियर जुनियर भन्ने हुदैन । कसैले यस्तो कुराको उठान गर्छ भने कार्यसम्पादन र रेडक्रसमा निरन्तरता र अविछिन्नताका आधारमा यसपटकको सिनियर म स्वयं हुँ । मेरो उम्मेदवारी कतैबाट पनि प्रेषित नभई बिशुद्ध रेडक्रस अभियानका लागि हो । रेडक्रसको मर्म बुझेका प्रतिनिधिहरूले मलाई सभापतिका लागि योग्य ठानी चयन गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । यस्का साथै जिल्लाभर रेडक्रसको संरचनालाई बलियो बनाई लामो समयपछिको बर्तमान समयमा पाल्पा शाखालाई राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल जिल्लाकाो रूपमा प्रतिष्ठापित गराउने प्रतिबद्धता व्यक्त गर्दछु ।


सम्बन्धित शीर्षकहरु

इरानले क्यास्पियन सागरमा रहेको एउटा जहाजमाथि युक्रेनले ड्रोन वा अन्य हवाई आक्रमण गरेको दाबी गर्दै त्यस घटनामा एक जना नाविकको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

यमनको हुथी विद्रोही समूहले साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अराम्को का जिजान र यान्बु क्षेत्रमा रहेका सुविधामाथि क्षेप्यास्त्र तथा…

प्रतिकृयाहरू
...