Saturday 10th October 2026

पञ्चाङ्ग साहित्य समाज नेपालको चित्रमा पञ्चाङ्ग, भाग – ४९


चित्रमा पञ्चाङ्ग
===========
भाग: ४९
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/१०/१२
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.

पञ्चाङ्ग १

विद्या दिने विद्याकी देवी माता सरस्वती
सबैलाई समान शिक्षा बाँड्ने खाता सरस्वती
हिन्दुहरूको अर्को पर्व श्रीपञ्चमी आज
शिक्षाको ज्योतिमा आश्रय दिने छाता सरस्वती
पढाइमा चाहाना गर्नेलाई दाता सरस्वती ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

गँगाको पानी हुन माता
दिमागी ज्ञानी हुन माता
सदा नमन गरौ मिली
आँखाकी नानी हुन माता
बिद्याकी खानी हुन माता ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग ३

शिक्षाको ज्ञान दिएर अशिक्षा भग्न बनाउने
प्राप्ति नै सन्तुष्टि हो अज्ञानता तग्न बनाउने
प्रतीक पुस्तकधारण गर्ने माताबाट सिकौं
जब दिक्षित हुन्छ मान्छे तब मग्न बनाउने
उद्घोष हो यही एकतामा संलग्न बनाउने ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ४

विद्या दिने नै सरस्वती माता हुन्
अज्ञान लिने सरस्वती माता हुन्
अक्षर नचिन्नेको महत्व छैन
सबैले चिने सरस्वती माता हुन्
भेटिने हिने सरस्वती माता हुन् ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ५

अक्षता र टिका म आरती गरुँला
माता तिम्रो पाउमा म फुल छरुँला
बुद्धि अनि विद्या कि जननी तिमि हौ,
भव सागर यो अज्ञानको तरुँला
मातृत्व म माताको मनमा भरुँला ।

रतन बिष्ट
आलिताल डडेल्धुरा

पञ्चाङ्ग ६

आज श्रीपञ्चमी आजैबाट सुरुवात गर सुध्रन
मूढलाई विद्या रुपी ज्ञानको चेतना भर सुध्रन
हे विद्याकि देवी सरस्वती माता शारदे रक्षागर
वसन्त पञ्चमी पावन पर्व सुवास छर सुध्रन
अज्ञानीहरुको मनको कालो अँध्यारो हर सुध्रन ।

बिबस पारदर्शी ,

पञ्चाङ्ग ७

लाग्ने बुध्दि काम, सर्वस्व हरणमा त्यो
गर्ने कीर्ति अमर, पछि मरणमा त्यो
यस्ती विद्यादायिनी, माता सरस्वतीको
गर्छु नित्य वन्दन,परि चरणमा त्यो
देउ हटाइ अज्ञान, परे शरणमा त्यो ।

टीकाराम जोशी, टीकापुर।

पञ्चाङ्ग ८

दूधभात मुखमा बसुन् सरस्वती
वाणीमय मीठास भरून् सरस्वती
चाहना छ गहना विद्या आर्जन गर्ने
नजिकै वरवर सरून् सरस्वती
अज्ञानता सबको हरून् सरस्वती ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ९

सरस्वती तिमी ज्ञानको भण्डार
बुद्धि र विवेक शानको भण्डार
ज्ञानको सागर जीवनको बाटो
सबैलाई दिने दानको भण्डार
सर्वत्र पुजिने मानको भण्डार ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १०

ज्ञान विज्ञानकी खानी सरस्वती माता
पूर्ण चलाखकी रानी सरस्वती माता
विद्या नै सबैभन्दा श्रेष्ठ उन्नति भयो
लत असलकी बानी सरस्वती माता
ज्योती रजनीकी जानी सरस्वती माता ।
अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग ११

यिनै विद्याकी देवी हुन् माता सरस्वती
लौ सरण परौँ सम्झी दाता सरस्वती
विभिन्न रूप लिएर भक्तको उद्दार
गर्ने ज्ञान बढाउने ज्ञाता सरस्वती
सबैलाई छायाँ दिने छाता सरस्वती ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १२

विद्वान बढि बोल्दैन चुप हुन्छ
पुस्तकमा शारदाको रुप हुन्छ
आज बसन्त पन्चमि पूजौँ उनै
श्रद्धासाथ नैबेद्य र धुप हुन्छ
मिहिनेत र पूजामा कूप हुन्छ ।

म प्र धि

पञ्चाङ्ग १३

हे सरस्वती ब्राह्मचारिणी माता हौ
अज्ञानलाई ढाक्ने बलियो छाता हौ
पञ्चमीको दिनमा तिम्रो आरधना
गरी विद्या बुद्धि विबेककी दाता हौ
कसैले नभुल्ने मनुष्य कि खाता हौ ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

पञ्चाङ्ग १४

विणा पुस्तक हातमा छ
हाँस सवारी साथमा छ
विद्याकी देवी हौ नि तिमी
रातो टिकिया माथमा छ
बुद्धि विवेक गाठमा छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १५

सरस्वती तिमी ज्ञानी छौँ माता
बिद्याकि भण्डार दानी छौँ माता
सफेद पोसाकमा सजिएकी
ज्ञान र बुद्धिकि खानी छौँ माता
विवेकले पुर्ण रानी छौँ माता ।

शोभा आचार्य गौतम,
काठमाडौँ

पञ्चाङ्ग १६

आज सरस्वतीको पुजा गरेर भोलि गाली नगर्नु
मुखमा राम राम गरेर व्यवहार जाली नगर्नु
सत्बुद्धि देओस् है सरस्वती माताले हामी सबैलाई
ज्ञान सबैमा आओस् कुरा नबुझीकन ताली नगर्नु
भरियोस् सधैं ज्ञानको भण्डार कहिल्यै खाली नगर्नु ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १७

सरस्वती विद्यादेवी खानी तिमी
भक्तहरू ध्यान गर्छन् छानी तिमी
सबैको अन्धकार हटाइदिन्छ्यौ
सर्वदाता सर्वमाता रानी तिमी
मस्तिष्क मन्थन गर्ने ज्ञानी तिमी ।

जमुना आचार्य सिन्धुपाल्चोक


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...