Friday 26th April 2024

प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतले बताएको छ। संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेको स्रोतको दाबी छ। उनले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए।

राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताएका थिए। जनमत पार्टी मधेस प्रदेशमा निर्णयक शक्तिको रुपमा रहेको छ। गठबन्धन गर्दा मधेस प्रदेशमा समेत भागबण्डा गरेर अघि बढ्नेगरी दुईबीच छलफल भएको स्रोतले भन्यो।

‘संघ र प्रदेशमा कसरी सत्ता सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा उहाँहरुबीच छलफल भएको हो। कांग्रेस नेतृत्वको सरकारले संघ र मधेस प्रदेशमा समेत सहकार्य गर्नेगरी प्रधानमन्त्री देउवाले राउतजीसँग प्रस्ताव गर्नुभएको छ। त्यसमा राउतजी पोजेटिभ देखिनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो।

यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो। निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।राउतले सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए। राउतको पार्टीले समानुपातिक थ्रेस होल्ड कटाएको छ। राउतसँग प्रत्यक्ष र समानुपातिक गरी कम्तिमा ५ सिट हुने छ।

-अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...