Sunday 27th September 2026

निरेम ग्रुपले अथिति कलाकारको साथमा कुवेतमा सांगितिक उत्सव गर्ने


तितोपाटी- निरेम प्रोडक्सन कुवेतले “निरेम सांगितिक उत्सव २०२३” आयोजना गर्ने भएको छ । कुवेतमा आगामी फेब्रवरी १० तारिख  शुक्रवारका दिन आयोजना हुने उत्सवलाई TVS travels and corgo ले मुख्य प्रायोजन गर्ने भएको छ ।

निरेम प्रोडक्सन कुवेत टिम र Dr S.M. Hyder Ali DPE USA, Chairman of Tvs Hyder Group को हिजो बसेको बैठक उक्त सांगितिक उत्सवको लागी सम्झौता गरेको हो । सातौ वार्षिक उत्वस तथा ( Valentine’s Day ) प्रेम दिवसको अवसरमा नेपालका राष्ट्रिय अतिथि कलाकारहरुको साथमा सांगितिक कार्यक्रम आयोजना गर्न लागेको बताउदै संयोजक प्रेम जिमिले आफ्नो टिम कलाकार छनोटमा लागि सकेको हुदा छिट्टै नै कार्यक्रम हुने स्थान सहित पोस्टर सार्वजनिक गर्ने बताएका छन ।

साथै कुवेतमा कृयाशिल संघ सस्था , भात्रिसंगठन , मिडिया हाउस ,व्यावसायिक , समाजसेवि , बुद्दिजिवि , पत्रकार , कलाकार, लगायत सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनमा कुनैपनि कार्यक्रम नजुधाउनको लागि हार्दिक अपिल समेत गरेका छन ।निरेम ग्रुप अफ कम्पनि अन्तरगत रहेको निरेम प्रोडक्सन कुवेतमा मिडियाको क्षेत्रमा ७ बर्षदेखि कृयाशिल रहदै प्रवासमा परोपकारी पत्रकारीता सगै मल्टिमिडिया सम्बन्धी कार्य गर्दै आएको छ ।

 


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...