Sunday 19th May 2024

एनआरएनए कुवेतको पहलमा बर्दियाकी कविता रोकायको उपचार हुदैँ


कुवेत सिटी – नेपालबाट वैदेशिक रोजगारीको लागि कुवेत आएकी  बर्दिया जिल्ला  बासगढी नगरपालिकाकी २५ वर्षीया कविता रोकाय (नाम परिवर्तन)ले दुई महिनापछि नै स्पोन्सरको  घरबाट भागेपछि याे समस्या आएकाे हाे। पिडित कविता गाउले साथीको सहयोगमा  बस्दै आएकी छिन्। स्वास्थ्यमा  समस्या भएकै कारणले गर्दा फेरि स्पोनसरको  घरमा काम गर्न नसक्ने बताएपछी  कवितालाई एनआरएनए कुवेतको सहयोगमा स्वास्थ्य चेकजाच गरि औषधिसमेत उपलब्ध गराइएको छ।

सामाजिक संजालमा पिडितको भिडियो सार्वजनिक भएपछी एनआरएनए कुवेतका प्रतिनिधिहरु र पत्रकार महासंघका  प्रतिनिधी पिडित कवितालाई भेट्न पुगेका थिए । नेपालबाट एकजना व्यक्तिले कुवेतमा रहेका शिव (नाम परिवर्तित)लाई फोन गरेर बिरामी चेलीको   भिडियो बनाउन लगाएपछि त्यो भिडियो नेपाल पठाइयो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । एनआरएनए कुवेतका  अध्यक्ष रणध्वज लामाको पहलमा प्राइभेट अस्पतालमा उपचार गर्ने व्यवस्थासमेत मिलाईएको छ। अहिले पीडित कविताको अवस्था सामान्य रहेको छ।

अस्पतालमा उपचार गराउन लागेको सम्पूर्ण खर्च एनआरएनए कुवेतले सहयाेग गर्ने बताएको छ। अध्यक्ष लामाले उपचारपछि नेपाली दुतावास कुवेतको पहलमा नेपाल पठाउन पठाउन पहल  समेत  गर्ने  बताए। नेपाल जाने तयारीमा रहेका पीडित कविता  नेपाली एम्बेसीमा कुवेतमा केही दिन सम्पर्कमा नआएकाे र हाल सम्पर्कमा आईसकेकाे समेत दुतवासबाट जानकारी प्राप्त भएको छ। कविताको बिषयमा बुझ्दा    नेपाली राजदूतावास कुवेतका श्रमसहचारी हेमकुमार अधिकारीले उनलाई  स्वदेश फर्काउने  पहल संगै आवाश्यक प्रक्रिया  समेत शुरु गरिएको  जानकारी दिएका छन।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...