Thursday 14th May 2026

त्यो दिन कहिले आउँछ! नो नोट, मात्र भोट


नारायण कोइराला – देशमा चुनावी माहोल सुरु भै सकेको छ। चुनावमन हरेक नेपाली संग आ आफ्नो मत अभिमत हुन्छ नै। आगो सल्किएपछि के कति जल्छ, के कति बाँच्छ भन्ने हिसाब किताब त परिणाम पछि आउँछ नै। यो अवस्थामा चुनावी मैदानमा उत्रने उमेदवारहरुले कसले के कति खर्च गर्न सक्छन् भन्ने कुराको चर्चा परिचर्चा सामान्य गाउँटोल शहरको गल्लीमा भएको सुनिन्छ। यो अवस्थामा आउनुमा नेता र कार्यकर्ता देखि जनता सम्मको बराबर भूमिका छ। नेताको रूपमा चुनावी मैदानमा उत्रने बित्तिकै पैसा बाँडने प्रवृतिलाई प्रोसहान गर्ने । त्यस्तै चुनावमा क्षणिक मनोरञ्जन र आत्मा सन्तुष्टिको लागि पैसा लिएर भट्टी र होटलमा रमाउने अवस्थाले झन् परिस्थिति विकराल बनाउँदै गएको हो कि? भट्टी होटल रिसोर्टमा खर्च हुने फजुल खर्च घटाएर केही नयाँ काम गर्न सकिने अवस्था नरहेको हो त?

खोतल्दै जाने हो भने यसको लागि पहिला मिटिंगमा पैसा कसरी बाँडने भन्दापनि आगामी दिनमा दीर्घकालीन सामधान के हो ?त्यसतर्फ दिमाख घुमाउने की?विकल्प छ भन्दै उफ्रनेहरुमा पनि स्वरोजगार कसरी हुने भन्दापनि एजेन्डा बिनाको विकल्प बेलुनमा हावा भरेर उडाए जस्तो छ।कतिबेला फुट्छ थाहै छैन।यस्तो किन हुन्छ। नोटको भोटले पक्कै पनि देशको विकास नहुने कुरा विगतका दिनहरुले बताइसकेको छ।नोटले किनेको भोटले नेताको जीत त सुनिश्चित गर्ला तर देश र जनताको भविष्य भने पक्कैपनी सुनिश्चित गर्न सक्दैन।जित्नेले भविष्यमा भ्रष्टाचार गरी आफ्नो गुमेको धन उठाउँछ भने हार्नेहरुलाई पार्टीको संरक्षण छ नै।यस्तो अवस्थामा भोकमरी, बेरोजगार, भ्रष्टाचार युक्त राज्यमा पिल्सने भनेको नै आम जनता हो। यसको विकल्प पनि त खोज्न सकिन्छ।एउटा क्षेत्रमा अरब खर्च हुने चुनावको खर्च कम गरी त्यो धनलाई विकासमा लगाई दियो भने पक्का पनि केही हद सम्म रोजगारी श्रृजना हुन्थ्यो होला।हुन त अहिलेको अवस्थामा यी कुरा हावादारी लाग्नु स्वभाविक पनि हो। देश र जनताको आँखामा छारो हालेर लुट्न पल्केकाहरु यस्ता कुरातिर किन ध्यान दिन्छन् र?यो अवस्था आउन जनताको पनि ठूलो हात छैन भन्नु गलत होला।दुई लिटर पेट्रोल र दुईचार छाक मासु भातमा बिक्ने समाज अझै छ।त्यो समाजको गल्ती पनि होइन।हिजो त्यहीं समाजले परिवर्तनमा ठूलो भूमिका पनि खेलेकै हो।त्यो समाज भित्रपनि केही यस्ता सक्रिय तत्त्व छन जसलाई पार्टीले सञ्चालन गरेका हुन्छन्। तिनीहरू नै समाजको आँखा बनेर अध्यारोमा समाजलाई डुबाएका छन।यो अवस्था परिवर्तन गर्न तिनीहरूको नियत परिवर्तन हुन आबस्यक देखिन्छ।
के यो चुनावमा सम्भव छ त?अहिले नै सम्भव छ भन्न सकिन्न। देशको विकास भन्दापनि व्यक्तिगत स्वार्थले निहित नेपाली राजनीतिक नै यसको बाधक बनेको छ।एकतर्फ युवा वर्ग विदेशकोबाटो रोजीरहेको छ भने अर्कोतर्फ त्यसको फाइदा देश चलाउनेहरु उठाई रहेका छन। एउटा असल कमानको अभावमा देशलाई डुबाउने जिम्वेवारी यिनै राजनीति गर्नेहरूको हो।अझ सजिलै भन्छन प्रजातन्त्र यो सामान्य प्रकृया हो।

यो अवस्था परिवर्तन गर्न किन ध्यान दिदैनन।चुनावमा धन छर्ने काम बन्द गरेर ,त्यो धनलाई प्रयोग गरी प्रत्येक गाउँ,वडा र नगरमा ठाउँ र अवस्था हेरि घरलु उद्योग,कृषि उद्योग,सीप अनुसार व्यावसाय गर्न सहयोग गर्दा के फरक पर्छ।अहिलेको अवस्थामा आफ्नो प्रचार त सामाजिक सञ्जालमा पनि गर्न सकिन्छ।यो दिन आउने कहिले? की सधैं नो नोट ,नो भोटको अवस्था श्रृजना गरी जालझेल गरिरहने हो।कहिले आउला त्यो दी, “चुनावमा नो नोट,मात्र भोट यसले दिन्छ देश र जनताको विकासलाई चोट”

तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...