Wednesday 19th August 2026

पार्किङमा एक पुरुष र महिलाको शव भेटियो


कुवेत सिटी,अक्टोबर १७ अर्दिया औद्योगिक क्षेत्रस्थित एक कलेजको पार्किङस्थलमा कारभित्र दुई युवा एक पुरुष र अर्को युवतीको शव फेला परेको गृहमन्त्रालयले जनाएको छ ।

रिपोर्ट प्राप्त हुनासाथ फरवानिया सुरक्षाकर्मीहरु सक्रिय भएको थियो । खोज तथा अनुसन्धान विभाग, फरेन्सिक प्रमाण र फरेन्सिक डाक्टरहरु घटनास्थलमा पुगेका थिए । युवा पुरुष र महिलाको उमेर बीस वर्ष का रहेको समाचार मा उल्लेख छ ।

नायब सरकारी वकिलले दुवै शवलाई निकालेर मृत्युको कारण र कति दिन पहिले भन्ने पत्ता लगाउन फरेन्सिक मेडिसिन विभागमा पठाउन आदेश दिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन आवश्यक अनुसन्धान गर्न प्रहरीलाई खटाइएको छ अरब टाईम्स ले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

इजरायलले उत्तरपश्चिमी सिरियाको अबु अल–दुहुर (Abu al-Duhur) सैन्य हवाई अड्डामा हवाई हमला गरेको छ। सिरियाली सरकारी स्रोतका अनुसार रनवे र…

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ।…

प्रतिकृयाहरू
...