Tuesday 27th October 2026

पार्किङमा एक पुरुष र महिलाको शव भेटियो


कुवेत सिटी,अक्टोबर १७ अर्दिया औद्योगिक क्षेत्रस्थित एक कलेजको पार्किङस्थलमा कारभित्र दुई युवा एक पुरुष र अर्को युवतीको शव फेला परेको गृहमन्त्रालयले जनाएको छ ।

रिपोर्ट प्राप्त हुनासाथ फरवानिया सुरक्षाकर्मीहरु सक्रिय भएको थियो । खोज तथा अनुसन्धान विभाग, फरेन्सिक प्रमाण र फरेन्सिक डाक्टरहरु घटनास्थलमा पुगेका थिए । युवा पुरुष र महिलाको उमेर बीस वर्ष का रहेको समाचार मा उल्लेख छ ।

नायब सरकारी वकिलले दुवै शवलाई निकालेर मृत्युको कारण र कति दिन पहिले भन्ने पत्ता लगाउन फरेन्सिक मेडिसिन विभागमा पठाउन आदेश दिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन आवश्यक अनुसन्धान गर्न प्रहरीलाई खटाइएको छ अरब टाईम्स ले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...