Friday 11th September 2026

जजिराले फेरी थप्यो दुई जहाज


कुवेत बेस भएको प्राईभेट विमान सेवा कम्पनी जजिराले फेरी दुई वटा जहाज थपेको छ । उक्त दुई नयाँ जहाजलाई १० अक्टोवरका दिन कुवेत स्थित विमानस्थलमा एक समारोहका विच स्वागत गरिएको थियो ।

सन २००४ बाट शुरु भएको उक्त बायुसेवासँग सन २०२१ सम्ममा १८ वटा जहाज रहेका थिए । अहिले उक्त जहाजको संख्या २८ हुनेवाला छ र सन २०२६ सम्ममा जजिराले उक्त संख्या थपेर ३५ बनाउने घोषणा गरेको छ । तपाई अब आफै तुलना गर्नुस नेपालको राष्ट्रिय ध्वजा बाहक विमान कहिलेबाट शुरु भएको थियो र अहिले कति छन ।

जजिराले आफनो सेवाका लागि ५० गन्तव्य मुलुकमा उडान गर्ने गर्दछ । नेपालमा पनि एउटा काठमाण्डौ र अर्को भैरबहा गरी सातै भरि जजिराको नियमित दुई उडान हुने गरेको छ । जजिराले सन २०२१ पछि भित्रयाउने विमानहरु अति आधुनिक र सुविधाजनक छन । मुख्य कुरा त विगतका विमानको तुलनमा अहिले भित्रयाएको ए ३२० एनई नामको विमानले १८ प्रतिशत कम तेल खाने गर्दछ । यो आकाशका लागि बातावरण मैत्री छ भनिन्छ । जजिराको टिकट मुल्य पनि तुलनात्मक रुपमा सस्तो छ भने कुवेतको टर्मिनल ५ आफ्नै भएका ले डिर्पाचर र एराईभलमा यात्रुलाई निक्कै सहज छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...