Tuesday 15th September 2026

शोभा अाचार्य गाैतमको षड्ऋतु “दशैं”


दशैकाे लहर
छाएर अाएकाे
घर घर खुसी
लिएर अाएकाे
मानाै है रमेर
उमंग छरेर।

निधारमा अक्षता
हरिया जमरा
अाशिर्बाद लिन्छौं
सानालाई दिन्छौं
पिङ पनि खेल्छाै
खुसी साटी मान्छाै।

महान चाड याे
महत्त्व छ कति
बर्षमा अाउने
सबै जाती मान्ने
संस्कृति याे हाम्रो
प्रमुख छ राम्रो ।

परम्परा देखि
चलिनै अाएकाे
सबै जना भेला
दुख सुख साट्ने
एक अापसमा
मिलि दशै मान्ने ।

परदेशी पनि
परिबार संझी
अाउदै हाेलान
गाउकाे संझना
साथमा बाेकेर
खुसीकाे लिएर।

सप्तरङ्गी फूल
फुलेर अागन
सजिएका घर
रंग र राेगन
दशैकाे स्वागत
गरेकाे हेरन।

शाेभा अाचार्य गाैतम


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...