Saturday 1st August 2026

रविन्द्र मिश्र को राप्रपा प्रवेश स्वभाविक


तोयानाथ उपेक्षित, रविन्द्र मिश्र ले आफैले जन्माएको दल विवेकशिल साझा लाई समेत त्यागेर राप्रपा प्रवेश गरेका छन । यसो त उनको राप्रपासँग मिल्दो जुल्दो कार्यनितीले पार्टीमा प्रवेश पाए सँगै विवेकशिल साझा पार्टीमा खटपटी पैदा भयो जसले गर्दा एक प्रकारको विभाजन हुन पुग्यो । स्थानिय निर्वाचनमा पार्टीको लज्जास्पद पराजयलाई नैतिकताको रुपमा उनले लिए र राजीनामा दिए । अहिले आएर उनले पार्टी नै परिवर्तन गरिदिए । यसरी हेर्दा रविन्द्र मिश्रको राप्रपा प्रवेश स्वभाविक र अपेक्षित मान्न सकिन्छ ।

राप्रपा को भविश्य
राप्रपा भविश्य राम्रो भएको पार्टी हो । बहुदल आएको ३२ बर्ष पछि राप्रपा आश लाग्दो नितीका साथ अगाडी बढेको छ । संबैधानिक राजतन्त्रलाई शिरमा राखेको राप्रपाले अरु थुप्रै पृथक मुद्धा बोकेको छ । संघियता खारेजी उसको अर्को मुख्य मुद्धा हो जुन आजको आवश्यकता बन्दै गएको छ । त्यसका साथै युवा अध्यक्ष सँग पनि जनताले धेरै आशा राखेका छन । यसैगरी हिन्दु अधिराज्य र कार्यकारी राष्ट्र प्रमुखको मुद्धामा जनअभिमत छदैछ ।

नेपाली काग्रेसको रविन्द्र मिश्रले भने झै प्रचण्डीयकरण हुदै गएको अवस्थामा अधिकांश असन्तुष्ट कांग्रेसीहरु जनहरुको जाने पार्टी मुख्यत राप्रपा नै हो । विपिको सिद्धान्तको केही हिस्सा कुनै पार्टीमा छ भने त्यो राप्रपामा छ भनेर भनिएको कुरामा पनि त्यतिकै दम छ । अत शेर बहादुर देउवाको असक्षम नेतृत्व, परिवारबाद, भ्रष्टचार र प्रचण्डीयकरण र माधव नेपालको लेपन ले कांग्रेसलाई बलियो नबनाएर झन कमजोर बनाउने निश्चित छ । यसै पनि कांग्रेसमा शेखर कोईराला पेनल संभवत विवाजनमा नत्र विद्रोहमा जाने हुदा त्यसको प्रत्यक्ष लाभ लिने पार्टी राप्रपा, स्वतन्त्र र केही एमाले लाई नै हो ।

नसोचेको खोलाले बगाउछ भने झै यसपटकको निर्वाचनमा स्वतन्त्र उमेद्धारहरुले पनि राम्रो मत ल्याउने देखिन्छ । कतिपय ठाउँबाट स्वतन्त्रले चुनाव जित्न सक्नेछन । यस पटक को निर्वाचनमा जसरी भए पनि माधव नेपालको समाजवादीलाई शुन्य सिटमा झार्ने एमाले को पहल हुने छ भने प्रचण्डको पार्टीलाई काग्रेसबाट छुटाउन कांग्रेसीहरुले नै मत दिने छैनन । यो पटकको निर्वाचन परिणाम ले सदाका लागि गठबन्धनको विगुल बन्द हुने छ । कम से कम तिन पार्टीको मत नमिलाए कसैको सरकार नबन्ने परिणाम आउन सक्ने विश्लेषण पनि हुदैछ । यस पटक को चुनावी परिणाम ले पनि अरु पाँच बर्ष गतिलो सरकार दिन सक्दैन ।

राप्रपा र एमाले ले तालमेल गर्ने हो भने गठबन्धनको धोति धेरै ठाउँमा फुस्कने छ । जसले गर्दा आगामी दिनमा त्यसले राप्रपामा हौसला र कांग्रेसीजनमा निराशा थोपर्नेछ । यसर्थ पनि आगामी दिनमा हुने अशान्ति, तानातान र अन्र्तकलह बाट मानिसहरु राजा खोज्ने अवस्थामा पुग्नेछन र त्यसले राप्रपा लाई थप शक्तिशाली बनाउनेछ । अहिले कै अवस्थालाई अध्यायन गर्ने हो भने फेरी पनि पहिलो पार्टी एमाले, दोश्रो कांग्रेस र तेश्रो पार्टी राप्रपा बन्ने देखिन्छ । माओवादी चौथो वा पाचौ मा पुग्ने छ भने चित्र बहादुर र माधव नेपालको पार्टीले शुन्य सिटमा चित्त बुझाउन पर्ने छ ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...